2026-09-12 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा ठेकेदारका कारण सडक निर्माण अलपत्र, स्थानीयवासी आन्दोलित

मङ्सिर १२, सर्लाही (रासस) । जिल्लाको फुलजोरदेखि छिमेकी देश भारतसँग सिमाना जोडिएको त्रिभुवननगरसम्म पुग्ने सडक निर्माणको काम सुस्त भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।

एक्काइस किलोमिटर लामो सडकखण्डको केही भागमा निर्माण सकिएको भए पनि अधिकांश भागको काम अधुरै छ । हुलाकी सडक आयोजनाले निर्माण शुरु गरेको काम निर्माण शुरु भएको लामो समय भइसक्दा पनि ठेकेदारले लापरवाही गरेको भन्दै स्थानीयवासी आक्रोशित भएका हुन् ।

हालसम्म फुलजोरबाट बयलवाससम्मको चार किलोमिटर र त्यसभन्दा यता छ किलोमिटर गरी अहिलेसम्म जम्मा १० किलोमिटर मात्र सडक कालोपत्र भएको छ । कतै बजार क्षेत्र भएका कारण काम नभएको कतै इनार तथा विद्युत्का पोल रहेका कारण काम हुननसकेको निर्माण ठेक्का पाएको ठेकेदार कम्पनी टुँण्डी आशिष सन्तोषी जेभीका ठेकेदार जीवन कँडेलले बताउनुभयो ।

निर्माण शुरु भएको वर्षौँ भइसक्दा पनि ठेकेदारले बेवास्ता गरेका कारण सो क्षेत्रका स्थानीयवासी, यात्रु तथा पैदलयात्री धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् । मर्मत तथा निर्माण नहुँदा सो सडकखण्डका विभिन्न भागमा ठुलाठुला खाल्डा परेका कारण सवारी साधन सञ्चालन गर्न समस्या हुने गरेको सवारी चालकहरुको गुनासो छ ।

सडकको निर्माण अगाडि बढाउन आफूहरुले पटकपटक सडक डिभिजन कार्यालय तथा हुलाकी सडक आयोजना कार्यालयलाई आग्रह गरेको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोदकुमार साहले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पनि आफूहरुले पटकपटक छलफल गरेको तर ठेकेदारले बेवास्ता गरिरहेका कारण थप समस्या आएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले बताउनुभयो ।

“यस सडकखण्डअन्तर्गत पर्ने स्थानीय निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी र सम्बन्धित ठेकेदारसँग पटकपटक छलफल भयो, तर हाम्रो कुरा ठेकेदारले सुन्दैनन् । हामीले समन्वयात्मकरूपमा काम गर्ने हो । सङ्घीय सरकारको बजेटमा आफूहरुको हात हुन्न, ठेकेदारले टेर्दैनन्”, नगरप्रमुख देवकोटाले बताउनुभयो ।

टुँण्डी आशिष सन्तोषी जेभीले रु ८६ करोडको लागतमा फुलजोरबाट त्रिभुवननगरसम्मको २१ किलोमिटर ठेक्का सकारेको भए पनि अहिले ठेकेदार कम्पनीले फुलजोरबाट भेल्हीसम्मको मात्र काम गर्ने बताएको छ । आउँदो पुस ५ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको भए पनि ठेकेदारकै लापरवाहीका कारण पुससम्ममा काम तीन भागको एक भाग पनि नसकिने अवस्था देखिएको छ ।

निर्माण सामग्री अभाव र आफैँसमेत कोरोना सङ्क्रमित भएका कारण काम प्रभावित भएको हुलाकी राजमार्ग निर्देशनालय जनकपुरका प्रमुख राजेन्द्रप्रसाद दासले बताउनुभयो । यता ठेकेदार कँडेलबाट पटकपटक निर्माणलाई निरन्तरता दिने आश्वासन पाएका स्थानीयवासी ठेकेदारको दोस्रो आश्वासन पनि पूरा नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफूहरुको माग अरु केही नभई समयमै निर्माण सम्पन्न गर्नु भन्ने मात्र रहेको बताएका छन् । ठेकेदार सम्पर्कमा नआउने, समयमै काम शुरु नगर्ने गरेका कारण सडकमा सवारी आवागमन रोकेर आन्दोलन गर्न बाध्य भएको स्थानीय धनकुमारी श्रेष्ठले बताउनुभयो ।

स्थानीय सरकारका प्रमुखको पनि फोन नउठाएका कारण आफूहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको मिक्की लामाले बताउनुभयो । “आफ्नो घर अगाडि धुलाम्मे सडक छ, धुलो उडेर बसी साध्य हुँदैन, ठेकदार सम्पर्कमा छैन, निर्माण लामो समयदेखि अलपत्र छ, अन्तिम विकल्प भनेको अब आन्दोलन मात्र हो”, स्थानीय सविना घिमिरेले भन्नुभयो । ठेकेदार कँडेलले भने अब सोमबारसम्ममा सो सडकको काम सकिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग