१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गा गोल्ड कपः झापा–११ को विजयी शुरुवात

१३ कार्तिक २०७२, शुक्रबार ११:५१

सुरुङ्गा, १३ कात्तिक । सुरुङ्गा
जेसिजद्वारा आयोजित सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । उद्घाटन खेलमा रमपम
झापा–११ ले  रुपन्देही–११ लाई पाखा लगाउँदै  आफ्नो विजयी यात्रा शुरु गरेको छ ।

surunga footbal

रमपम झापा–११ का तर्फबाट पहिलो हाफको अन्तिम
समयमा जर्सी नम्बर २१ का खेलाडी खमिर गिल्सन कन्दङ्वाले गरेको गोल नै निर्णायक गोल बनेको थियो । खेलमा
एक मात्र गोल गर्नेे जर्सी नम्बर २१ का खेलाडी कन्दङ्वा म्यान अफ द म्याच घोषित भए ।

शनिबार हुने खेलमा कालेम्पुङ्ग फुटबल क्लब, भारत र कनकाई खेलकुद प्रतिष्ठान
(कासा)–११, झापा बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय लिग अन्तर्गतका खेलहरु समेत भइसकेको स्थानीय कनकाई उच्च मा.वि.को खेलमैदानमा भएको
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टले समुद्घाटन गरे ।

प्रमुख अतिथि सदस्यसचिव विष्टले युवाहरुको सृजनात्मकतालाई बढावा दिदै उनीहरुलाई
विकासको बाटोमा लैजानुपर्ने बताए । उनले खेलको माध्यमद्वारा युवाहरुको एकता र परिचालनका लागि भूमिका
खेलेकोमा सुरुङ्गा जेसीजलाई धन्यवाद दिए । बन्दमुक्त शान्तिक्षेत्र सुरुङ्गामा भइरहेको यो खेलको विशिष्ट
महत्व रहेको उनले बताए ।

प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा
फुटबल टिमको सहभागिता रहेको छ । कनकाई स्पोर्ट्स् एकाडेमी (कासा–११), झापा–११, ए.पी.एफ. काठमाण्डौं,
रुपन्देही–११, चर्च बोइज युनाइटेड काठमाण्डौं, भुटान क्लिरियरिङ फुटबल क्लब भुटान, सरस्वती क्लब
काठमाण्डौं र कालिम्पोङ फुटबल क्लब भारतको सहभागिता रहेको छ ।

प्रतिष्पर्धामा विजेता टिमलाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र उपविजेता
टिमलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने र उक्त प्रतियोगिता सञ्चालन
गर्न १९ लाख ७२ हजार २ सय २२ रुपैयाँ खर्च हुने सुरुङ्गा जेसीजका सञ्चार संयोजक मनोज बस्नेतले बताए ।
कनकाई नगरको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो र उत्कृष्ट फुटबल प्रतियोगिताको रुपमा मानिएका उक्त
प्रतियोगिताको प्रथम पुरस्कारको सहारा नेपालले प्रायोजन गरेको सुरुङ्गा जेसीजका कार्यकारिणी उपाध्यक्ष
बिनोद उप्रेतीले जानकारी दिए ।

कार्यक्रममा नम्बर २१ बाहिनी
अड्डाका बाहिनीपति सहायक रथी शिवराम खरेल, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् पूर्वाञ्चल
संयोजक जलकुमार गुरुङ्ग, नेपाल भलिबल संघका केन्द्रीय चिव मदन खडका, सोही संघका केन्द्रीय सदस्य लेखनाथ
पराजुली, कनकाई उच्च मा.वि. का विद्यालय व्यवस्थापन समिति अध्यक्ष लीलाप्रसाद भेटवाल, कनकाई बहुमुखी
क्याम्पसका अध्यक्ष केदारप्रसाद गिरी, ज्ञानज्योति युवा क्लबका संस्थापक अध्यक्ष सुनिल भेटवाल, कनकाई
स्पोर्ट्स एकाडेमीका अध्यक्ष ज्योतिकुमार उप्रेती लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा कनकाई उच्च
माविका प्राचार्य ईश्वरीप्रसाद शिवाकोटी र विशिष्ट अतिथि झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद
पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

सुरुङ्गा गोल्ड कप–२०७२
का कार्यसम्पादन समितिका संयोजक एवम् सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया, पूर्व
अध्यक्षहरु एलपी उप्रेती, मोतीखर ओझा, जनक कार्की, निवर्तमान अध्यक्ष शिवकुमार कडेल, खेलमैदान
व्यवस्थापन समितिका संयोजक दिलकुमार कार्की लगायतको सहभागिता रहेको ८ हजार बढी दर्शकका माझ सम्पन्न
उद्घाटन कार्यक्रमको अध्यक्षता सुरुङ्गा जेसीज वर्ष २०१५ का अध्यक्ष त्रिलोचन चिमरियाले गरेका थिए भने
स्वागत खेल संयोजक राजु पाठकले गरेका थिए । सुरुङ्गा जेसीजका कानुनी सल्लाहकार डी.पी. गौतमले औचित्य
माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव त्रिलोचन उप्रेती र मूल आयोजक समितिका सदस्य भीमप्रसाद
भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिक्षुसँग यौनसम्पर्क गरेर पैसा असुल्ने एक महिला पक्राउ नेपालका छिमेकि राष्ट्र भारत र चीनलाई १००% कर लगाउने नेटो संगठनको चेतावनी , नेपालमा कस्तो प्रभाव पर्ला ? काठमाडौंका मेयर बालेनको नेतृत्वप्रति आक्रोश – ‘तपाईं पनि बोलेर मात्रै बस्ने कि काम पनि गर्ने?’ ‘साउन डेङ्गी सचेतना’ महिना घोषणा स्कुटरको ठक्करबाट वृद्धको मृत्यु जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक बेलायतद्वारा पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने निर्णय कोरिया: प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ मन्त्रीपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने जसपा नेपालले फिर्ता लग्यो सरकारलाई दिएको समर्थन सहकारीको ऋण तिर्छु भनी कर्मचारीलाई बोलाएर जुत्ताको माला नेप्से परिसूचकमा १९३ कम्पनीको सेयर मूल्य बढ्दा ,५५ कम्पनीको मूल्य घट्यो “त्रिवि क्रिकेट मैदानको निर्माण ढिलाइ: ठेकेदार कम्पनीलाई दैनिक लाखौं हर्जाना” एक लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा मेयर साह घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ नक्कली सुन देखाई ठगी गरेको अभियोगमा तीन जना पक्राउ ककपिटमा भिडियो राख्नुको ‘बलियो तर्क’ : आइएटिए प्रमुख दिल्लीका केही विद्यालय र एक कलेजमा बम राखिएको हल्ला