नन्दराम जैशी/साउन १८, जुम्ला । जुम्ला जिल्लामा स्थानीय निकाय पुनर्संरचनामा एक नगरपालिका र  सात गाउँपालिका हुने सहमति भएको छ । 

जुम्लामा स्थानीय स्तरका जनताहरुको सहमतिमा जिल्ला विकास समितिवाट आएको प्रस्तावहरुमा एक नगरपालिका र सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/साउन १८, जुम्ला । जुम्ला जिल्लामा स्थानीय निकाय पुनर्संरचनामा एक नगरपालिका र  सात गाउँपालिका हुने सहमति भएको छ । 

जुम्लामा स्थानीय स्तरका जनताहरुको सहमतिमा जिल्ला विकास समितिवाट आएको प्रस्तावहरुमा एक नगरपालिका र सा"/>

2026-07-04 12:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्ला एक नगरपालिका र ७ गाउँपालिमा सहमति

नन्दराम जैशी/साउन १८, जुम्ला । जुम्ला जिल्लामा स्थानीय निकाय पुनर्संरचनामा एक नगरपालिका र  सात गाउँपालिका हुने सहमति भएको छ । 

जुम्लामा स्थानीय स्तरका जनताहरुको सहमतिमा जिल्ला विकास समितिवाट आएको प्रस्तावहरुमा एक नगरपालिका र सात गाउँपालिकामा सहमति भएको हो । यदि अव कसैले विवाद नगरेमा तथा  केन्द्रमा  स्थानीय निकाय पुनर्संरचना भिसमाना तथा संख्या बाडफाड आयोगले स्विकृत गरेमा जुम्लाको स्थानीय संरचना अन्र्तगत १ नगरपालिका र ७ गाउँपालिका हुने पक्का भएको छ ।  

स्थानीयहरुले जिल्ला विकास समितिमा पेश गरेको पुनर्संरचनामा चन्दननाथ नगरपालिका (जनसंख्या १९०४७), पटमारा डिल्लीचौर, पातारासी र छुमचौर ४ गाविसको पातारासी गाउँपालिका (१४५७१), देपालगाउँ गोठीचौर र गज्र्याङ्गकोट ३ गाविसको गोठिचौर गाउँपालिका (जनसंख्या  ९८७०), बुम्रमाडिचौर, मालिकाबोता, कनकासुन्दरी, विराट, पाण्डपगुफा ५ गाविसको माथिल्लो सिंजा गाउँपालिका, (जनसंख्या  १३२१६) शनिगाउँ नराकोट र धापा गरी ३ गाविसको मध्यसिंजा गाउँपालिका, ( जनसंख्या  ११९९३) बड्की, कालिकाखेतु र महावैपाथरखोला ३ गाविसको तल्लो सिंजा गाउँपालिका (जनसंख्या १०५५३), राराहिली घोडेमहादेव, मालिकाठाटा र कुडारी ४ गाविसको तिला गाउँपालिका, लाम्रा, हाँकु, तातोपानी र ताम्ति ४ गाविसको तातोपानी गाउँपालिका (जनसंख्या १४६३८) सहमति गरि जिल्ला विकास समितिमा पठाईएको छ ।

राजनितिकदलहरु तथा सर्वदलीय वैठकमा समेत सहमति भएको जिल्ला विकास समिति जुम्लाका योजना तथा प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद उपाध्यायले बताए । स्थानीय विकास अधिकारी तथा स्थानीय निकाय जिल्ला स्तरको पुर्नसंचना प्राविधिक समितिका संयोजक स्थानीय विकास अधिकारी राजेश पौडेलले स्थानीय स्तरमा एक प्रकारको सहमति भएको र फेरी एक पटक जिल्लाका सांसद र राजनैतिक दलहरु सँग छलफल गरि साउन अन्तिम सम्म सहमति अनुसारको स्थानीय संरचनाहरुको केन्द्रमा सिफारिस गर्ने बताए ।

यसैगरी नागरिकहरुबाट आएको प्रस्तावहरुमा नयाँ गाउँपालिकाहरुको नामाकरण तथा केन्द्र समेत गरिएको छ । सिंजामा प्रस्तावित ३ गाउँपालिकाहरु माथिल्लो सिंजा गाउँपालिको प्रशासनिक केन्द्र  बिराट, मध्य सिंजाको नराकोट, तल्लो सिंजाको कालिकाखेतु (बाजागाडा), तिला गाउँपािलकाको रारालिही, तातोपानी गाउँपालिकाको तातोपानी, पाताराशीको डिल्लीचौर र गोठिचौरको गज्र्याङ्गकोट केन्द्र स्थानीय स्तरमा सहमति भएका छन । यसैगरी चन्दननाथ नगरपालिकाको सदरमुकाम खलंगा रहि आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो