महेन्द्र केसी/साउन १८, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको ८ करोड बेरुजु रकम अझै फस्यौट हुन सकेको छैन । 

आव ०६६।६७ देखि आव ०७२।७३ सम्म प्रयोगशाला, मर्मत सम्मभार तथा भौतिक संरचना सम्बन्धीको करिब ८ करोड ८५ लाख रकम बेरुजु पाइएको हो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/साउन १८, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको ८ करोड बेरुजु रकम अझै फस्यौट हुन सकेको छैन । 

आव ०६६।६७ देखि आव ०७२।७३ सम्म प्रयोगशाला, मर्मत सम्मभार तथा भौतिक संरचना सम्बन्धीको करिब ८ करोड ८५ लाख रकम बेरुजु पाइएको हो "/>

2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बत शिक्षा कार्यालयको ९ करोड बेरुजु

महेन्द्र केसी/साउन १८, पर्वत । जिल्ला शिक्षा कार्यालय पर्वतको ८ करोड बेरुजु रकम अझै फस्यौट हुन सकेको छैन । 

आव ०६६।६७ देखि आव ०७२।७३ सम्म प्रयोगशाला, मर्मत सम्मभार तथा भौतिक संरचना सम्बन्धीको करिब ८ करोड ८५ लाख रकम बेरुजु पाइएको हो । १३ करोड बेरुजु रकम मध्ये ४ करोड १५ लाख रकम फस्यौट भएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए । 

संरचना निर्माणको लागि विद्यालयलाई दिइएको रकमको समयमा चिरफार हुन नसकेका कारण बेरुजु बढेको उनको तर्क छ । आव ०७३।७४ मा बेरुजु रकमको फस्यौट गरेर छाड्ने पौडेलले बताए ।

जिल्ला शिक्षा कार्यालयले आव ०७२।७३ को प्रगति विरणप्रति भने सरोकारवाला निकायहरु रुष्ट देखिएका छन् । जिल्ला शिक्षा कार्यालयले मोहि माग्ने तर ढुग्रो लुकाउने प्रविधि देखाएको बक्ताको तर्क छ । 

शिक्षामा गुणस्तर कायम गर्ने भन्ने तर शिक्षाको गुणस्तरको लागि शिक्षा कार्यालयले आफ्ना कर्मचारी परिचालन गर्न नसकेको कार्यक्रममा सहभागी भूमिराज शर्माले बताए । उनले जिल्ला शिक्षा कार्यालयले जिल्ला शिक्षक समिति गठन गर्न नसकेको, सामुदायिक अध्ययन केन्द्रलाई सक्रिय बनाउन नसकेको र कामकारवाहीमा तथा कार्यक्रम पारदशीर्ता र जवाफदेहितामा कमजोर, हतारमा कार्यक्रम वितरण, फिण्ड अनुगमन चुस्त नभएको भन्दै जिल्ला शिक्षा कार्यालयको कामप्रति रुष्ट बने । 

स्रोत व्यक्ति तथा निरिक्षकहरु समेत आफ्नो जिम्मेवारी बहन गर्न नसकेको भन्दै बक्ताहरुले जिल्ला शिक्षा कार्यालयका कर्मचारीको आलोचना समेत गरे । कार्यक्रममा सहभागीहरुले आगामी दिनमा कार्यालयले काम कारवाही गर्दा कार्यक्रमको पारदर्शीता तथा सरोकारवाला निकायसँगको समन्वय तथा छलफलमा गुर्नपर्ने सुल्झाए । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जिल्ला शिक्षा कार्यालयलाई आफ्नो कामगर्दा पारदर्शीता र सभागीतामुलक रुपमा गर्नुपर्नेमा जोड दिए । 

उनले कार्यालयका हरेक काममा पारदर्शीता र कार्यक्रमबारे स्पष्ट किटान गरी गर्नको लागि निर्देशन समेत दिए । स्थानिय विकास अधिकारी युवराज पौडेलले जिल्लाको विकासको लागि तथा शिक्षामा गुणस्तर बढाउनको लागि समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा कर्मचारीले भने जिल्लाको विकासको लागि तथा गुणस्तरीय शिक्षा कसरी प्रदान गराउन सकिन्छ र कसरी जिल्लाको शिक्षाको स्तर उकास्न सकिन्छ भन्ने विषयमा भन्दा पनि तलबभत्ता कमि भएको गुनासो मात्रै गरे । कर्मचारीले आफुहरुको फिण्डखर्च बढाउनको लागि माग समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो