2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा

मंसिर २५, काठमाडौं । पुसको अन्तिम सातादेखि  मेलम्ची  खोलाको  पानी  सुरुमा पथान्तरण   गर्ने   तयारी   भएको   छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान  गरी  पानी पथान्तरण  गर्न  लागिएको खानेपानी  मन्त्रालयले  जनाएको  छ ।

पानी पथान्तरण गरिएको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउने छ । आयोजनाले  अहिले  सुरुङमा  चारवटा गेटको  फ्रेम  परिवर्तन  गरी  जडान  गरिरहेको छ ।  चारवटा  गेटमध्ये  सिन्धु  र  अम्बाथानको गेट जडान अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता  रितेश  शाक्यले  जानकारी  दिए ।

उनले  भने,  “ग्याल्थुमको  गेटको  फ्रेम जडान  गरेपछि  पानी  पथान्तरण  गर्न  मिल्नेछ । सुन्दरी  जलको  गेट  पानी  पथान्तरण  गर्दै  गर्दा जडान गर्न मिल्नेछ ।” पानी  पथान्तरणअघि  एसियाली  विकास बैङ्कको  विज्ञ  समूहले  अनुगमन  गर्नेछ । सम्पूर्ण  कामको  पुनरवलोकन  गरेपछि  पानी पथान्तरण गरिने   छ । प्रवक्ता   शाक्यका अनुसार  तीन  चरणमा  पथान्तरण  गरिने  छ ।

पहिलो  चरणमा  सुरङमा  पानी  पठाएर  होल्ड गरिने छ  । तीन   चरणको   पथान्तरणपछि सुन्दरीजलमा पानी पठाइने छ । सुरुङ   फिनसिङको   काम   सकिएको छ  भने  हेडवक्र्सको  काम  भइरहेको  छ । हाललाई  अ‚थायी  डाइभर्सनबाट  सुरुङमा पानी   पथान्तरण   गरिने   छ  ।

हेडवक्र्स निर्माणको  काम  भइरहेको  छ । सम्झौता अनुसार  हेडवक्र्स  आगामी  माघसम्म  सम्पन्न भइसक्नुपर्ने  छ ।  निरन्तर  काम  भइरहेकाले सम्झौता   अवधिभित्रै   सकिने   सम्भावना रहेको  मेलम्ची खानेपानी  विकास  समितिले जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई