सिटी पोख्रेल/साउन १८, प्यूठान । फोप्ली–३ का भुपाल पुनले १२ वर्षदेखि देखेको सपना पूरा हुन सात दिन मात्र बाँकी थियो । “म जन्मेको दुई वर्षदेखि नै बुबाले गाउँको बेंसीमा राम्रो घर (खेत नजिक) बनाउने अनि हामीले त्यही घरमा पसल गर्ने र बुबा विदेश नजाने भन्ने सपना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिटी पोख्रेल/साउन १८, प्यूठान । फोप्ली–३ का भुपाल पुनले १२ वर्षदेखि देखेको सपना पूरा हुन सात दिन मात्र बाँकी थियो । “म जन्मेको दुई वर्षदेखि नै बुबाले गाउँको बेंसीमा राम्रो घर (खेत नजिक) बनाउने अनि हामीले त्यही घरमा पसल गर्ने र बुबा विदेश नजाने भन्ने सपना"/>
2026-11-02 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरो पीडित प्यूठानवासी भन्छन्- ‘घर ढल्यो, धर्ती फाट्यो तर मन मरेको छैन’

सिटी पोख्रेल/साउन १८, प्यूठान । फोप्ली–३ का भुपाल पुनले १२ वर्षदेखि देखेको सपना पूरा हुन सात दिन मात्र बाँकी थियो । “म जन्मेको दुई वर्षदेखि नै बुबाले गाउँको बेंसीमा राम्रो घर (खेत नजिक) बनाउने अनि हामीले त्यही घरमा पसल गर्ने र बुबा विदेश नजाने भन्ने सपना देख्दै आएँ, बुबा १२ वर्षसम्म विदेश बस्नुभयो ।” 

बुबा भूपालले परिवारमा देखाएको सपना र फोप्लीको तिमिलेमा निर्माणको अन्तिम चरणमा रहेको घरलाई सम्झँदै बाढी पहिरोमा बुबा भूपालसँगै पाँच जना परिवारका सदस्य गुमाएकी छिमा पुनले भनिन् – “घर पनि ढल्यो । आफन्ती मरे । गोठबारी र खेतहरु फाट्यो । भगवान्ले त मलाई बचाए तर एक्लो बनाए ।” 

बाढीपहिरोमा बुबा भूपालसँगै भाइ धनबहादुर, बहिनी लीला र थमिसहित आमा चमेलीलाई गुमाएकी १४ वर्षीया छिमा अहिले बेसहारा भएकी छन् । “मेरो परीक्षा चलिरहेको थियो । पहिलो दिनको परीक्षा दिएँ तर साँझ यस्तो होला भन्ने सोचेकी थिइनँ ।” भक्कानिँदै उनले भनिन् –“अब म कहाँ र कोसँग बस्ने ? बुबाको सपनासँगै सबै चिज गुमाएकी छु ।” 

अम्बिका मावि फोप्ली कक्षा ८ मा अध्ययनरत छिमा जस्तै सोही ठाउँकी १६ वर्षीया श्यामी पुनको पनि अवस्था उस्तै छ । बाढी पहिरोले सबै परिवारका सदस्य गुमाएकी श्यामी साथीको घरमा बस्न गएकाले बाँचेको बताउँछिन् । उनले भनिन् – “हालसम्म घर छोडेको थिएन । त्यो दिन साथी बिनाले धेरै कर गरी म उसको घरमा गएँ तर राति बाढीपहिरोमा परिवारका सबै सदस्य गुमाएँ ।” 

आफन्ती गुमाएको हप्ता दिनसम्म पनि बेसहारा भएका यी दुई बालिका जस्तै फोप्ली, लुङ र अर्खाका पीडित राहत र उद्धार नपाउँदा बेसहारा भएका छन् । घटनामा परी श्रीमान्सँगै घर र सबै सम्पत्ति गुमाएकी फोप्ली–६ मार्केकी नानुमैया केसीले पीडितको राहत र उद्धारमा ढिलाइ भएको भन्दै गुनासो गर्नुभयो । “आफन्ती, घर र म बसेको घर्ती पनि फाटेको छ ।” घटना सम्झँदै केसीले रुँदै भन्नुभयो – “घरबार विहीनका लागि हालसम्म राहत नआउँदा चाउचाउ, दालमोठ र चिउराको भरमा बाँचेका छौँ । 

हाम्रो अब को छ र ? सरकारले ध्यान दिँदैन ।” जिल्ला दैवी प्रकोप उद्धार समितिले मृतकका परिवारलाई किरिया खर्च बापतको रु ४० हजार दिने निर्णय गरेपनि सो रकम नपाएर यहाँका पीडितहरुको अवस्था दयनीय बन्दै गएको छ । “घर ढल्यो, आफन्ती मरे, धर्ती फाट्यो तर मन मरेको छैन,” केसीले भन्नुभयो – “यहाँ छोडेर अन्यत्र जानका लागि पनि केही छैन , अब मनैबाट संकल्प गरी बस्नुछ ।” 

जिल्लामा विभिन्न ठाँउहरुबाट तथा जिल्ला बाहिरबाट पनि राहत सामग्री जिल्लामा आएपनि प्रभावित क्षेत्रमा लैजान सकिएको छैन । “माजकोट हुदै फोप्ली जाने सडकमा बीच बाटोसम्म साना गाडीहरु जाने गरेका छन् ।” 

स्थानीय तथा नेपाली काँग्रेस प्यूठानका कोषाध्यक्ष धनेश्वर भण्डारीले भन्नुभयो –“बीचमा एक ठाउँमा बाटो अवरुद्ध छ । त्यो सुधार गरेको भए प्रभावित क्षेत्रसम्म राहत पुग्ने थियो तर जिल्लाले ध्यान नदिँदा बाटो खुल्न सकेको छैन ।” जिल्लामा आएको सबै राहत सामग्री माजकोटको लम्छ्याङ र प्यूठान नगरपालिकाको धाइरेमा थन्किएको छ । राहत सामग्री पीडितसमक्ष नपुग्दा पीडितहरुको अवस्था थप जटिल बन्दै गएको छ । 

राहत लैजान समस्या 

लगातारको वर्षाका कारण अवरुद्ध भएको धर्माववी–फोप्ली सडक खण्ड अवरुद्ध हुँदा राहत प्रभावित क्षेत्रसम्म लैजान समस्या भएको फोप्ली गाविसका गाविस सचिव तथा एक हप्तादेखि घटना स्थलमै रहनुभएका पुष्प थापाले बताउनुभयो । 

यो सडक खण्डमा कम्तीमा २ घण्टासम्म सडक डिभिजन कार्यालय वा जिविसको पहल र जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर डोजर र स्काभेटर लगाएर सडक खुलाउन सकिने स्थानीयवासीले बताएका छन् । “सडक सञ्चालनमा कसैले पनि ध्यान दिएका छैनन्,” स्थानीयवासी शिव सुवेदीले भन्नुभयो – “जिल्ला स्तरबाट समन्वय अत्यन्त कमजोर भएकाले यहाँका पीडितहरुले राहत नपाएका हुन् ।” 

जिल्लामा आएको राहत सामग्रीहरु फोप्लीमा लैजान नसक्दा विस्थापित तथा पीडितहरु गरी झण्डै ३ सय परिवारको बिचल्ली भएको छ । फोप्लीमा राहत लैजान समस्या भएको जानकारी दिँदै जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज पन्थले राहत लिनेले ढुवानीको पनि व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

प्रभावित क्षेत्रमा झाडापखालाको सङ्क्रमण 

फोप्लीको बाढी पहिरो प्रभावित क्षेत्रमा अहिले झाडापखालाको सङ्क्रमण देखिएको छ । नेपालगञ्ज मेडिकल कलेजले विस्थापित तथा प्रभावित क्षेत्रमा पछिल्लो दुई दिनदेखि निःशुल्क स्वास्थ्य शिविर सुरु गरेपनि शिविरमा अहिलेसम्म औषधि पुग्न सकेको छैन । 

सामान्य प्रकृतिका औषधिहरु शिविर सञ्चालन गर्ने स्वास्थ्य टोलीले लगे पनि सो औषधि एक दिन पहिले नै सकिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले आफ्नो सीमा रहने भन्दै थप औषधि नदिँदा र नेपालगञ्जबाट औषधि लिन ढिलो हुँदा स्वास्थ्य टोली आज बिजुवार फिर्ता भएको छ । 

औषधि अभावले शिविर सञ्चालन गर्न नसक्दा शिविर टोली फर्किएको स्थानीय तथा पत्रकार हरि भण्डारीले जानकारी दिनुभयो । औषधि अभावसँगै जिल्ला स्तरीय कार्यालयले बेवास्ता गर्दा यहाँ झाडापखालाको प्रकोप बढ्न सक्ने सम्भावना देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

हालसम्म स्वास्थ्यकर्मीले औषधि अभावमा पनि स्थानीयलाई स्वास्थ्य परामर्श दिँदै आएका छन् । तर औषधि अभाव र औषधि ढुवानी गर्न समस्या हुँदा प्रभावितहरुमा स्वास्थ्य प्रकोप बढ्न सक्ने देखिएको छ । 

सामान्य राहत मात्रै पुग्यो 

बाढीपहिरोबाट ३९ जनाको मृत्यु, एक बेपत्ता र ५०० भन्दा धेरै परिवार विस्थापित भएको प्युठानमा घटना भएको पाँचौँ दिनमा नेपाली सेनाले हेलिकोप्टरमार्फत सैनिक श्रीमती सङ्घले उपलब्ध गराएको राहत सामग्री वितरण गरेपनि त्यसपछि जिल्लाका सबै प्रभावित क्षेत्रमा राहत पुग्न सकेको छैन । 

जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रतिव्यक्ति मृतक पाँच हजार र जिल्ला विकास समितिले तीन हजार गरी आठ हजार तथा जिल्ला रेडक्रस र उद्योग वाणिज्य सङ्घले गैर खाद्य वस्तु वितरण गरेपनि थप राहत नपुग्दा स्थानीयवासी समस्यामा छन् । 

जिल्लामा उद्योग वाणिज्य सङ्घ, नागरिक अगुवा, रेडक्रस र विभिन्न राजनीतिक दलले राहत सङ्कलन गरेपनि ढुवानीमा समस्या हुँदा खाद्यान्न तथा अन्य राहत सामाग्री प्रभावित क्षेत्रमा पु¥याउन समस्या भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानुराम न्यौपानेले बताउनुभयो । जिल्लाका आन्तरिक सडक अवरुद्ध हुँदा पनि समस्या आएको छ । 

जिल्लाभन्दा बाहिरबाट पनि राहत सामग्री प्युठान आएको जानकारी दिँदै नागरिक अगुवा विजयकुमार श्रेष्ठले प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीका लागि सडक सञ्चालन गर्नुपर्ने वा हेलिकोप्टरको पुनः आवश्यकता रहेको बताउनुभयो । 

बाढीपहिरो प्रभावित क्षेत्र तथा अन्य क्षेत्रमा पनि धर्ती फाट्दा जिल्लाका प्रभावित जनता थप त्रसित बनेका छन् । फोप्ली, लुङ, अर्खा, रजवारा, डामृ, लिघालगायत क्षेत्रमा जमिन फाटेर धुजाधुजा भएको छ । लुङको बहाने हुँदै लिघा र डामृ गाविसमा पुग्नुभएका डामृ गाविस सचिव अमर खड्काले जमिन फाटेपनि स्थानीयवासी जोखिमपूर्ण क्षेत्रमा बसेको जानकारी दिनुभयो । बहाने, डामृ र लिघाको क्षेत्रमा २०४७ सालमा बाढी पहिरोसँगै जमिन फाट्दा भूगर्भ विभाग तथा भूगर्भका जानकारले यो क्षेत्रमा बसोबास नगर्न आग्रह गरेका थिए । 

जिल्लाका प्रभावित क्षेत्रमा बसोबास गरेका प्रभावितलाई उद्धारसँगै सुरक्षित स्थानमा लैजान समस्या देखिएकोयो क्षेत्रमा बसोबास नगर्न आग्रह गरेका थिए । जिल्लाका प्रभावित क्षेत्रमा बसोबास गरेका प्रभावितलाई उद्धारसँगै सुरक्षित स्थानमा लैजान समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द