2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

कनकाई खेलकुद प्रतिष्ठान सेमिफाइनलमा

कात्तिक
१४, सुरुङ्गा ।
शुक्रबारदेखि जारी सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनमा घरेलु
टोली कनकाई खेलकुद प्रतिष्ठान, झापा (कासा ११) ले आफ्नो स्थान पक्का गरेको छ ।

शनिबार भएको खेलमा कासा–११ ले पाहुना टोली कालेम्पुङ्ग फुटबल क्लब भारतलाई ४–० गोल
अन्तरले हराउँदै सेमिफाइलमा आफ्नो स्थान पक्का गरेको हो ।

surunga  khel copy

तस्वीर सौजन्यः बुद्ध
तामाङ्ग

खेलको
शुरुआत्देखि नै निक्कै आक्रमक रुपमा प्रस्तुत भएको कासा–११ का तर्फबाट पहिलो हाफको ८ औं मिनेटमा जर्सी
नम्बर १२ का खेलाडि विकाश लिम्बूले पहिलो गोल गरेका थिए । त्यस्तै, १९ औं मिनेटमा जर्सी नम्बर ८ का
खेलाडि अभिषेक राईले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

त्यस्तै, खेलको दोस्रो हाफको ९ औं मिनेटमा जर्सी नम्बर ११ का खेलाडि सुनिल विष्टले गोल गर्दै
३–० को गोल अन्तर बनाए । यस्तै, दोस्रो हाफको २२ औं मिनेटमा कनकाई खेलकुद प्रतिष्ठानका जर्सी नम्बर १८
का खेलाडि सेसेहाङ्ग आङ्दाम्बेले गोल गरेका थिए ।

प्रतियोगितामा
कासा–११ का जर्सी नम्बर २१ का टिम क्याप्टेन प्रशान्त मगर म्यान अफ द म्याच घोषित भए । खेलमा गोल गर्ने
खेलाडिहरुलाई सुरुङ्गा जेसीजका मानार्थ सदस्य राजेन्द्र पोखरेलले २ हजारका दरले पुरस्कार दिएका थिए

राष्ट्रिय लिग अन्तर्गतका खेलहरु समेत भइसकेको स्थानीय कनकाई
उच्च मा.वि.को खेलमैदानमा भइरहेको प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा फुटबल टिमको सहभागिता रहेको छ
। आइतबार एपीएफ काठमाण्डौं र सरस्वती फुटबल क्लब काठमाण्डौं बीच प्रतिष्पर्धा हुने खेल संयोजक राजु
पाठकले जानकारी दिए ।

प्रतिष्पर्धामा विजेता टिमलाई २ लाख ५१
हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र उपविजेता टिमलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र
प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
तस्वीर सौजन्यः बुद्ध तामाङ्ग

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई