2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गा गोल्ड कपः एपीएफलाई २–१ ले हराउँदै सरस्वती सेमिफाइनलमा

surunga news22 copyकात्तिक १५, सुरुङ्गा (सास)
सरस्वती फुटबल, काठमाण्डौंले जारी सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनमा आफ्नो
स्थान पक्का गरेको छ ।

आइतबार भएको खेलमा सरस्वती फुटबल क्लबले
एपीएफ काठमाण्डौंलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान तय गरेको हो ।

एपीएफका लागि श्याम नेपालीले एक मात्र गोल गरेका थिए भने सरस्वतीका लागि इल्भिस
पियर्स र दिपेश श्रेष्ठले गोल गरेका थिए ।

एपीएफ काठमाण्डौंको
तर्फबाट खेलको ३३ औं मिनेटमा जर्सी नम्बर १४ का खेलाडी श्याम नेपालीले गोल गरे ।

त्यस्तै, पहिलो हाफको ४० औं मिनेटमा सरस्वती फुटबल क्लब काठमाण्डौंको तर्फबाट जर्सी
नम्बर १० का अफ्रिकन खेलाडी इल्भिस पियर्सले एक गोल फर्काएका थिए ।

निक्कै प्रतिष्पर्धात्मक भएको खेलको दोस्रो हाफको ३२ औं मिनेटमा जर्सी नम्बर ८ का खेलाडी दिपेश
श्रेष्ठले गोल गर्दै टीमलाई अग्रता दिलाए ।
प्रतियोगितामा सरस्वती फुटबल क्लबका जर्सी नम्बर १० का
अफ्रिकन खेलाडी पियर्स म्यान अफ द म्याच घोषित भए ।

सोमबार चर्च
बोइज युनाइटेड, काठमाण्डौं र भुटान क्लीयरिङ्ग फुटबल क्लब, भुटान बीच प्रतिष्पर्धा हुने जनाइएको छ

प्रतियोगिता अन्तरगतको सेमिफाइनल खेल यही १७ र १८ गते हुँदैछ
भने फाइनल २० गते हुनेछ ।

प्रतियोगिताको २ लाख ५१ हजार १ सय ११
रुपैयाँ बराबरको प्रथम पुरस्कारको प्रायोजन सहारा नेपाल (साकोस), चारपानेले प्रायोजन गरेको सुरुङ्गा
जेसीज वर्ष २०१५ का अध्यक्ष त्रिलोचन चिमरियाले जानकारी दिए ।

त्यस्तै, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष
दिनेशकुमार पोखरेलले १ लाख १ हजार रुपैयाँ प्रदान गरेर खेलको सह–प्रायोजन गरेको संस्थापक अध्यक्ष
लीलाप्रसाद चिमरियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई