२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

घरवारविहीन परिवारले घर पाउँदा…

२०७७, १ पुष बुधबार ०७:१२

 पुस १, कञ्चनपुर । झुपडीमा बस्दै आएका बेदकोट नगरपालिका–५ धर्मपुरका गङ्गा मगर निकै खुशी देखिनुहुन्छ । झुपडीबाट पक्की घरमा सर्न पाउने भएपछि उहाँको खुशीको सिमानै छैन । ज्याला मजदूरी गरेर ल्याएको पैसाले परिवारको खाना खर्च जुटाउन मुस्किल हुने परिवारका मगरले पक्की घरमा बस्न पाउने कल्पनासमेत गर्नु भएको थिएन ।

 दैलेखबाट चार दशक अघि बासस्थानकै खोजीमा बाजेकै पालामा कञ्चनपुर पुगेको मगरको परिवारको बस्ने ठेगाना थिएन । कुनै वर्ष कतै बस्दै आएका थियो । “भूमिहीन भएकाले भूमिहीनकै बस्तीमा बस्नका लागि आइपुगेका हौँ”, उहाँले भन्नुभयो, “प्लाष्टिक राखेर बनाइएको झुपडीमा निकै कष्ट सहेर बस्दै आएका छौँ ।”

“वर्षात्मा झुपडीभित्र पानी चुहिँदा अनिदोमै रात काटनुपर्ने अवस्था त छँदै छ । चिसोमा समेत शीत चुहिएर झुपडीभित्र राखेका कपडा निथु्रक्कै भिजेका हुन्छन् । बालबालिका र बुढापाकालाई चिसोबाट जोगाउन निकै सकस हुने गरेको छ”, उहाँले भन्नुभयो । “धेरै कष्ट सह्यौँ”, उहाँले भन्नुभयो, “पक्की घर पाउने भएका छौँ । चुनाव जितेर गएका नेताले दिएको बचन पूरा गरेका छन् । झोपडी हैन पक्की घरमै बसाल्छौँ । भन्थे त्यो कुरा साकार हुन थालेको छ ।” 

बस्तीमा ८५ परिवारको बसोबास रहेको छ । सबै जनाको आफ्नो स्वामित्वको जग्गा र घरबास छैन । खानेपानीका लागिसमेत बस्तीका बासिन्दाले निकै कष्ट सहँदै आएका छन् । बस्तीमा गाडिएका हेण्ड पम्पमा जेठ वैशाखमा पानी सुक्ने भएपछि टाढाको बस्तीबाट पानी बोकेर ल्याउनुपर्ने अवस्था छ । 

“धेरै परिवारको चुलोमा मजदूरी गरेर ल्याएको पैसाले आगो बल्ने गरेको छ”, बस्तीका पदम टमटाले भन्नुभयो, “मजदूरी गरेर मात्रै साँझ बिहानको छाक टार्दै आएका छौँ । आवास मात्रै दिएर भएन । रोजगारीको व्यवस्थासमेत मिलाई दिनु पर्यो ।” उहाँ भन्नुहुन्छ, “बास पाइने निश्चित भइसक्यो । गाँसको व्यवस्था गरियोस् ।”

 विगतमा धेरै बस्तीका अधिकांश कमाउन भारतका विभिन्न क्षेत्रमा मजदूरी गर्न जाने गरेका थिए । कोभिडको सङ्क्रमणका कारण धेरै जनाले भारत जान पाएका छैनन् । बस्ती नजिकैका गाँउमा कृषि र निर्माण मजदूरका रुपमा कार्य गर्दै आएका छन् । थोरैले मात्रै नियमित मजदूरी पाउने गरेका छन् । आंशिक रुपमा पाइने मजदूरीले धेरै परिवारले परिवारको खाना खर्च जुटाउँदै आएको भूमि अधिकार मञ्चका जिल्ला उपाध्यक्ष खेम नेपालीले बताउनुभयो ।

 उहाँका अनुसार बस्तीमा बस्दै आएका ८ परिवारले शौचालयसहित पक्की घर पाएका छन् । पाँच वटा घर निर्माण पूरा हुने क्रममा रहेका छन् । तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत रु ९५ लाखको लागतमा घर निर्माण गरिएका छन् । यहाँबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद नरबहादुर धामी भूमिहीन, घरवासविहीन परिवारका लागि अवास निर्माण गर्ने कार्य निरन्तर रुपमा जारी रहने बताउनुहुन्छ । 

“सुरक्षित आवास कार्यक्रमअन्तर्गत यहाँका २४६ परिवारको फुसको झुपडीको छाना फेर्ने कार्यक्रम रहेको छ”, उहाँले भन्नुभयो, “यसलाई आवासनै निर्माण गर्नेमा परिणत गरी आवास बनाएर दिन्छौँ ।” स्थानीय तह, सङ्घीय सरकार र प्रदेश सरकारको सहकार्यमा बस्तीका ८५ वटै परिवारका लागि घर निर्माण गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री एकीकृत आवास कार्यक्रमअन्तर्गत यस बस्तीका २५ परिवारका लागि अवास निर्माणका लागि कार्य अगाडि बढाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले निर्माण गरिने आवासको शिलान्यासको कार्यसमेत गर्नुभएको छ ।

 जसमध्ये पाँच वटा घर गैरसरकारी संस्था हेविटाटले बनाउने बचनबद्धता गरेको छ । मन्त्रालयका योजना शाखा प्रमुख गोकुल बोहराले विभिन्न क्षेत्रमा छरिएर रहेका घरबारविहीन परिवारका लागि कार्यक्रमअन्तर्गत एकीकृत रुपमा बस्ती स्थापना गरी बस्ने व्यवस्था मिलाइने बताउनुभयो । “घरवारविहीन परिवारका लागिका लागि आधारभूत आवश्यकता पु¥याउने दायित्व सरकारको हो”, उहाँले भन्नुभयो, “त्यसैअनुरुप यस वर्षको नीति तथा कार्यक्रमसमेत भूमिहीन र घरबारविहीन परिवारका लागि आवास निर्माण गर्ने योजना छ ।” 

उहाँका अनुसार प्रदेशका चार जिल्लाका सिमान्तकृत समुदायका लागि आवास निर्माणको कार्य शुरु हुन लागेको छ । घरबारविहीन परिवारका लागि कञ्चनपुरको बेदकोट, राजी समुदायका लागि कैलालीको भजनीमा, बादी समुदायका लागि डोटीको सिलगढीमा र अछामको मेललेकमा सुरक्षित आवास निर्माणका लागि डिपिआर गरिएको छ । निर्माण हुने आवासमा खानेपानी, सडक, विद्युत्लगायत सबै पूर्वाधार निर्माण गरिने योजना बनाइएको छ । 

“आवास मात्रै निर्माण गरेर ती परिवारलाई पुग्दैन”, योजना शाखा प्रमुख बोहराले भन्नुभयो, “क्षमता विकास गरी स्वरोजगार बनाउनका लागि कृषि, पशुपालनका कार्यक्रमसमेत जोडेर आत्मनिर्भर बनाउछौँ ।” भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनिता चौधरी पिछडिएको समुदाय, जोखिममा रहेका समुदाय र घरवारविहीन परिवारलाई पहिलो प्राथमिकतमा राखेर कार्यक्रमअनुसार आवास निर्माण गरिने बताउनुहुन्छ ।

“पहिलो वर्ष चार जिल्लाका विशेष जातीका बस्तीका बासिन्दाका लागि आवास निर्माण गर्छौँ”, उहाँले भन्नुभयो, “प्रदेशमा रहेका भूमिहीन, घरवारविहीन बस्तीकोे पहिचान गरी आवास निर्माण गरी आयआर्जनका कार्यक्रमँंग जोडेर लैजान्छौँ ।”

भूमिहीन परिवारलाई अरुको भर नपर्ने गरी आफै मालिक बन्ने गरी स्वरोजगार बनाउका लागि योजनावद्ध रुपमा कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । यस क्षेत्रबाटै प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेशसभाका सदस्य लालबहादुर खड्का घरवारविहीन धर्मपुरका बासिन्दालाई आवाससँगै कृषि उद्यमीका रुपमा विकास गर्नका लागि कार्यक्रम सञ्चालन गर्न मन्त्रालयसँग छलफल गरेको बताउनुहुन्छ ।

“खानेपानीको योजनाका लागि ठेक्का भइसकेको छ”, उहाँले भन्नुभयो, “बस्तीका बासिन्दाले खेप्दै आएको खानेपानीको समस्या समाधान गर्नका लागि १८ महिनामा पूरा गर्ने गरी खानेपानी आयोजनाका लागि ठेक्का सम्झौता भई कार्यको थालनी भएको छ ।”

बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बस्तीका ८५ वटै झोपडीमा बस्दै आएका बासिन्दालाई पक्की घर निर्माण गर्ने प्रारम्भ भइसकेकाले कुनै पनि परिवार असुरक्षित तरिकाले बस्नु नपर्ने बताउनुभयो । “सुरक्षित बस्ती बसाउन जुन प्रतिबद्धता गरेका थियौँ”, उहाँले भन्नुभयो, “त्यो पूरा गरेरै छाड्छौँ ।” भूमि समस्या समाधान आयोगसँग सम्झौता गरी भूमिहीन परिवारलाई जग्गाको मालिक बनाउनसमेत कार्य अगाडि बढाइने उहाँले बताउनुभयो, “विसं २०५९ सालदेखि धर्मपुरमा घरबारविहीन परिवारले बसोबास गर्दै आएका छन् ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो