बेनी (म्याग्दी), १९ साउन । आगामी चैत मसान्तसम्म म्याग्दी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी सुरु भएको छ । 

बेनी नगरपालिकासहित जिल्लाका विभिन्न २४ ओटा गाविसको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि रहेको पाइएपछि चालु शैक्षिकसत्रको अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बेनी (म्याग्दी), १९ साउन । आगामी चैत मसान्तसम्म म्याग्दी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी सुरु भएको छ । 

बेनी नगरपालिकासहित जिल्लाका विभिन्न २४ ओटा गाविसको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि रहेको पाइएपछि चालु शैक्षिकसत्रको अन्"/>

2026-07-04 12:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको साक्षरता प्रतिशत पन्चानब्बेभन्दा माथि

बेनी (म्याग्दी), १९ साउन । आगामी चैत मसान्तसम्म म्याग्दी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी सुरु भएको छ । 

बेनी नगरपालिकासहित जिल्लाका विभिन्न २४ ओटा गाविसको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि रहेको पाइएपछि चालु शैक्षिकसत्रको अन्तसम्म साक्षर जिल्ला घोषणा अभियानलाई अगाडि बढाइएको हो । 

साक्षर जिल्ला घोषणाका लागि बाँकी ११ गाविसको पनि साक्षरता प्रतिशतको दर झन्डै ९० प्रतिशतको हाराहारीमा रहेको हुँदा चालु शैक्षिकसत्रमा साक्षर म्याग्दी घोषणा गरिने जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ । 

साक्षर जिल्ला घोषणा गर्न खासगरी १५ देखि ५९ वर्ष उमेर समूहका निरक्षर व्यक्तिलाई विभिन्न कार्यक्रममार्फत साक्षर बनाउने अभियान चलाइएको जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार गाविसका वडा तहसम्म निरक्षर व्यक्तिलाई साक्षर बनाउनका लागि सबै विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र रहेका निरक्षर तथा विद्यालयको पहुँच बाहिर रहेकालाई विद्यालयमा ल्याउने काम भइरहेको छ । 

यसैगरी, म्याग्दीमा सञ्चालनमा रहेका २१ ओटा सामुदायिक अध्ययन केन्द्रबाट पनि प्रौढ शिक्षा अध्ययन गरिरहेकालाई निरन्तर शिक्षा प्रदान गर्न र जीवनपर्यन्त सिकाइ सिकाउनका लागि कार्यक्रम गरिएको जिशिअ अधिकारीको भनाइ छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो