२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाली सडकमा भारतीय सवारीको रजाइँ, सरोकारवाला मौन

२०७७, ५ पुष आईतवार ०६:३०

पुस ५, सर्लाही । जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनको प्रयोग व्यापकरूपमा बढेको छ । भारतको विहार राज्यसँग सिमाना जोडिएका प्रदेश नं २ का अधिकांश जिल्लामा खुलेआम भारतीय सवारी साधनको प्रयोग बढेको छ ।

भारतीय सवारी साधनले भन्सारसमेत नबुझाई नेपाली सडकमा खुलेआम बर्चश्व जमाइरहेको पाइएको छ । भारतीय सवारी साधन सडकमा बर्चश्व जमाइरहेको भए पनि सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीय सर्वसाधारणको आरोप छ । 

जिल्ला भन्सार कार्यालय सिमानामै रहेको भएको भए पनि भन्सारका कर्मचारी असुलीमा व्यस्त रहेका कारण पनि भारतीय सवारी साधनको दादागिरी चलेको स्थानीय व्यापारी राजीव सिंहले बताए। सिमानामा २४सै घण्टा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि यस्ता सवारी साधनलाई ध्यान नदिँदा नेपाल प्रवेश गरेपछि भारतीय सवारी साधनको दादागिरी नेपाली बजारमा बढ्ने गरेको छ ।

बिना रोकटोक नेपाल प्रवेश गरेका भारतीय सवारीको प्रयोगले नेपाली भूमिमा आपराधिक गतिविधि हुनुका साथै तीव्रगतिमा सञ्चालन हुने यस्ता सवारी साधनका कारण दुर्घटनासमेत बढेको र बेथिति बढ्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक केदारमान दोङले बताए । 

भारतीय सवारी साधनको प्रयोग, आपराधिक गतिविधि र दुर्घटनाका साथै बेथितिको विषयमा जिल्लामा सुरक्षा संयन्त्रको छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

जिल्ला सुरक्षा संयन्त्रको छलफलबाट जिल्लामा सञ्चालन हुने भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन, भारतीय सवारी साधनको प्रयोगलाई नियमन गर्नेलगायतका काम हुने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । जिल्लामा शान्ति सुरक्षा, आपराधिक गतिविधि र दुर्घटनाका साथै बेथितिको अन्त्यका लागि अनधिकृत रूपमा सञ्चालित सवारीको नियमन गरिने प्रजिअ पौडेलले बताए ।

सरकारको आर्थिक प्रतिवेदनमा भारतीय सवारी साधनलाई आवश्यक भन्सार तिरेपछि एक महिनाका लागि नेपालभर सञ्चालन गर्न पाउने व्यवस्था भए पनि प्रदेश नं २ का अधिकांश नागरिकको घरघरमै भारतीय नम्बरका सवारी साधन रहेको पाइएको छ । प्रदेश नं २ का अधिकांश नागरिकको छिमेकी देश भारतसँग कुनै न कुनै रूपमा सम्बन्ध रहेको र उतैबाट खरिद गरी नेपालमा ल्याएर निर्वाधरूपमा सञ्चालन गर्ने गरिएको छ ।

भारतबाट भित्रिने भारतीय सवारी साधनको भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयसँग कुनै तथ्याङ्क वा विवरण नहुँदा दुर्घटना हुँदासमेत भारतीय सवारी साधन फरार हुने र प्रहरीले फेला पार्न नसक्ने अवस्था रहेको भन्दै जिल्लावासीले गुनासो गर्ने गरेका छन् । यसरी नियमविपरीत सञ्चालित भारतीय सवारी साधनलाई कानूनबमोजिम कारवाही हुनुपर्ने स्थानीयवासीको माग छ ।

देश सङ्घीयतामा गइसकेपछि प्रदेश सरकारका मन्त्री, सांसद, नेता तथा स्थानीय निकायका प्रमुखले समेत भारतीय सवारी साधनको प्रयोग गर्ने गरेका कारण पनि यस्ता साधनलाई कारवाही गर्न समस्या हुने गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।

भारतीय मोटरसाइकल, अटोरिक्सा, कार, जिप, ट्र्याक्टर तथा ट्रक नेपाली बजारमा निर्वाधरूपमा सञ्चालनमा छन् । विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सीमा नाका बन्द हुँदा केही भारतीय सवारीले भन्सार तिर्न चाहँदा पनि भन्सार तिर्न नसक्ने अवस्था सिर्जना भएको चालक सुरेन्द्र पटेलले बताए ।

भारतीय कार, जिप, बस र ट्रकको प्रयोग गर्दा दैनिक रु ४५३, मोटरसाइकल रु १०० र तीनपाङ्ग्रे सवारी साधनको रु ३०० भन्सार तिर्नुपर्ने भन्सार कार्यालय मलङ्गवाका कार्यालय प्रमुख राजेशकुमार दत्तले बताए । उनका अनुसार ट्र्याक्टरको रु २०० र टेलरसमेत जडान भएको खण्डमा रु ४०० राजश्व तिर्नुपर्छ ।

कानूनअनुसार राजश्व तिरेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधन एक महिनाभन्दा बढी नेपालमा रहन नपाउने व्यवस्था भए पनि वर्षौँदेखि नेपालमै रहने गरेको पाइएको छ । राजश्व तिरेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधन ३५ दिनसम्म भन्सार नतिरी बसेको पाइएमा उक्त सवारी साधन जफत हुने कानूनी व्यवस्था रहेको भन्सार कार्यालयको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ