महेन्द्र केसी/साउन १९, पर्वत । पर्वत जिल्लालाई आव ०७३/७४ मा पूर्ण साक्षरता जिल्ला तथा आधारभूत निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गर्ने तयारीका साथ जिल्ला शिक्षा कार्यालय लागि परेको छ । 

आव ०७२।७३ मा जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी/साउन १९, पर्वत । पर्वत जिल्लालाई आव ०७३/७४ मा पूर्ण साक्षरता जिल्ला तथा आधारभूत निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गर्ने तयारीका साथ जिल्ला शिक्षा कार्यालय लागि परेको छ । 

आव ०७२।७३ मा जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषण"/>

2026-06-24 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिँदै

2016-08-03

महेन्द्र केसी/साउन १९, पर्वत । पर्वत जिल्लालाई आव ०७३/७४ मा पूर्ण साक्षरता जिल्ला तथा आधारभूत निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गर्ने तयारीका साथ जिल्ला शिक्षा कार्यालय लागि परेको छ । 

आव ०७२।७३ मा जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने सोच बनाएता पनि नसकिएको र यसबर्ष भने जिल्लालाई पूर्ण साक्षर बनाएरै छाड्ने जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए । गत बर्ष जिल्लाका ४७ गाविस र एक नगरपालिकामध्ये २१ वटा गाविसलाई पूर्ण साक्षर तथा अनिर्वाय निशुल्क आधारभूत शिक्षा घोषणा गर्न सकेको र १५ वटा गाविस असोज महिनाभित्र पूर्ण साक्षर गाविस भन्न सक्ने भएको भन्दै जिशिअ पौडेले यो बर्ष जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरेरै छाड्ने दाबी गरे ।

 उनले ९५ प्रतिशत साक्षरता भए अथवा ५ देखि ६० बर्षभन्दा मुनिका मानिसहरु निरक्षर नभएको भेटिएमा पूर्ण साक्षर गाविस घोषणा गर्न सकिने बताए । गाउँविकास समितिमा भएको निरक्षरदर पहिचान गर्नको लागि तथा निरक्षरदरको अन्त्य गर्नको लागि गाउँ शिक्षा समितिमार्फत प्रौढ शिक्षा तथा अन्य शिक्षाका माध्यमबाट साक्षरता दर बढाउने काम भैरहेको तर्क गरे ।

साक्षरता भन्नाले सामान्य लेखपढ गर्न जान्नेलाई बुझिने उनको तर्क छ । जो मानिस सामान्य लेखपढ गर्न सक्छ उ साक्षर भन्दै पौडेले जिल्लालाई आबमा साक्षर जिल्ला घोषाणा गर्नको लागि आफु लागि परेको बताए ।

सफलता:

जिल्ला शिक्षा कार्यालय पर्वतले आव ०७२।७३ मा जिल्लामा अभिलेख व्यवस्थापन गर्नको लागि सफल भएको जनाएको छ । 

विगत लामो समयदेखि अभिलेख राख्ने काम हुन नसकेको तर आव ०७२।७३ मा आफु सफल भएको जनाएको छ । त्यसैगरी शिक्षकको सरुवा, बढुवाको लामो समयदेखि रहि आएको समस्याको अन्त्य भएको बताएको छ । 

आरपी छनोटमा रहेको विवाद टुंगोमा लगाउनुका साथै आरपी छनोट तथा परिचालन गर्नको लागि आफु सफल भएको पौडेलले बताए । त्यस्तै शिक्षकलाई नियम बद्धता गराउनको लागि सफल भएको उनको तर्क छ ।

चुनौति:

आव ०७२।७३ मा जिल्ला शिक्षा कार्यालयले साक्षर जिल्ला घोषणा गर्न नसक्नुलाई आफ्नो चुनौतिका रुपमा लिएको छ । विभिन्न समस्याका कारण तोकिएको समयमा पूर्ण साक्षर जिल्ला घोषणा गर्न नसकेको भन्दै यसलाई चुनौतिका रुपमा ल्रिएको बताएको छ । 

त्यसैगरी जिल्लामा शिक्षक समिति गठन गरी आफ्ना काम कारवाीहरुमा सवन्मयकर्ताको व्यवस्थापन गर्न नसकेकोलागि समेत दोस्रो चुनौतिका रुपमा लिएका छ । गत बर्षमा पूर्ण साक्षर गाविस घोषणा कार्यक्रममा सूचना संचारमाध्यमलाई प्रयोगमा ल्याउन नसेकका कारण आफुहरुलाई निकै चुनौती झेल्नु परेको भन्दै आव ०७३।७४ मा भने यस्तो गल्ती नदोहोराउने बताए । साथै उनले जिल्लाको शैक्षिक सुधारको कार्यपत्र तयार गर्नको लागि नसकेको बताए ।

अन्त्यमा:

जिल्ला शिक्षा कार्यालयले आव ०७२।७३ मा धेरै आलोचनाहरु खेप्यो । 

अख्तियारमा २ दर्जन जति उजुरी परे जसका कारण पनि शिक्षा कार्यालयभित्र भ्रष्टाचारका एजेण्डहरु लुकेका रहेछन् भन्ने देखियो । नीजि विद्यालयमा कार्यालयका कर्मचारीले आफ्नो पदको भरमा निशुल्क पठाउने गरेको कुरापनि बाहिर आयो भने विभिन्न रुपमा आलोचना खेपिरह्यो । 

जिल्ला शिक्षा कार्यालयबाट हुन कामबारेमा पारदर्शीता तथा योजनामानै अन्योलता देखियो जसका कारण पनि शिक्षा कार्यालय आलोचित भयो । शिक्षक  नियुक्ति तथा निरिक्षक छनोटका विषयमा पनि राजनीतिक दलको खिचातानी देखियो । 

विद्यालयलाई शान्तिको क्षेत्र तथा राजनीतिक प्रवेशलाई रोक लगाउने बताएता पनि सोहि अनुसारको काम गर्न भने सकेन । विद्यालय व्यवस्थापन समिति छनोटमा राजनीतिक दलको समावेशिताले पनि उक्त अभियानलाई छेपाराको उखान सावित गर्यो भने अर्को तर्फ सन्तुलीत रुपमा सरोकारवाला निकायलाई शिक्षा कार्यालयले मिलाएर लैजान सकेन । 

आर्थिक बर्षभरी ओलोचित भएको कार्यालयले सूचनाप्रविधिमा कुनै ध्यान दिएन जसका कारण पनि भ्रष्टाचारीको एजेण्डका रुपमा कार्यालय रहेको देखिन आयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक