2026-11-03 05:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : अस्पताल भवन निर्माणले गति लियो

 पुस १२, गलकोट (रासस) । बागलुङमा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको धौलागिरि अस्पतालको भवन निर्माणले सात वर्ष बितेपछि तीव्रता पाएको छ ।  धौलागिरि अस्पताल बागलुङको ‘सी’ ब्लक भवन  निर्माण शुरु गरेको सात वर्षपछि बल्ल निर्माणले गति लिएको हो । 

पटक–पटक ठेकेदार कम्पनीले म्याद थप्दै सम्पर्कविहीन हुँदै आएको अस्पतालमा अहिले भने निरन्तर काम हुन थालेको छ । विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे अस्पताल भवन दुई पटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको थिएन । निर्माण शुरु भएको सात वर्ष बितेपछि बल्ल अस्पताल निर्माणले अन्तिम रूप लिन थालेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।  

विसं २०६४ मा शुरु भएको ‘ए’ ब्लक र २०६६ सालमा शुरु भएको ‘बी’ निर्माण सम्पन्न भएर हस्तान्तरण भई सेवा प्रदान गरे पनि ‘सी’ ब्लक भने निर्माण शुरु  भएको सात बर्ष बित्दासमेत अझै सम्पन्न नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो । “अस्पताल व्यवस्थापन समितिको निरन्तरको दबाबपछि अहिले ठेकेदार कम्पनी आएर काम गरिरहेको छ”, रानाले भन्नुभयो, “ठेकेदारका पनि आफ्नै समस्या होलान् तर तीन वर्षमा सक्ने भवन आठ वर्षमा बल्ल सकिएला जस्तो छ ।” 

तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले २०६४ सालमा धौलागिरि अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि ‘ए’, ‘बी’ र ‘सी’ खण्डमा विभाजन गरी छुट्टाछुट्टै मितिमा छुट्टाछुट्टै ठेक्का सम्झौता गरेको थियो । 

आगामी चैत मसान्तभित्र सबै काम सकेर हस्तान्तरण गर्ने ठेकेदारले प्रतिबद्धता गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो । अस्पतालको ‘ए’ ब्लक समयमै निर्माण सम्पन्न भए पनि ‘बी’ ब्लक भने १० वर्षमा मात्रै निर्माण सम्पन्न भएको थियो । 

ठेकेदार कम्पनीको उदासीनताका कारण अस्पताल भवनमा ढिलाइ भएको हो । हाल  ५० शय्या क्षमताको अस्पताललाई गण्डकी प्रदेश सरकारले २०० शय्या क्षमताको उप–प्रादेशिक अस्पताल बनाउने घोषणा गरे पनि अस्पतलामा अझै भौतिक संरचना र जग्गाको अभाव रहँदै आएको छ । 

चारतला रहेको अस्पतालको अहिले उक्त भवनमा बाहिरी भाग प्लास्टर, खानेपानी, ढल तथा विद्युत्को काम भइरहेको छ । पछिल्लो चार महिनादेखि अस्पतालमा धमाधम काम भइरहँदा अस्पताल निर्माण चैतसम्म सकिने देखिएको छ । तीन वर्षमा निर्माण सक्ने गरी आशिष÷ मिलिनियम र भीम ज्योति जेभीले भवन निर्माणका लागि रु १० करोड छ लाख ६६ हजार ६५५ लाखमा अस्पतालको ‘सी’ ब्लक बनाउने जिम्मा लिएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग