२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

सङ्खुवासभामा चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद

२०७७, १४ पुष मंगलवार ०५:३७

पुस १४, खुवासभा । सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ ।

प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो ।

चन्द समूहका कार्यकर्ताले चैनपुर–४ को मैदानेमा रहेको ओढारमा लुकाएर राखेको सामग्री बरामद गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेको हो । प्रहरीले घटनास्थल चैनपुर नगरपालिका–४ मैदानेबाट चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको सकेट बम चार थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, हतियार तथा कम्ब्याटसहितको फोटो, पाँच÷छ मोबाइलसहित ११ वटा सिम सार्वजनिक गरेको हो । 

त्यस्तै टेन्ट, सेफ्टी फ्युजलगायतका २२ प्रकारका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

आइतबार मैदानेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीसँग चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको थियो । भिडन्तमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । जिल्ला सेक्रेटरी उत्तरकुमार भनिने युवराज राईसमेतका कार्यकर्ताले प्रहरीको संयुक्त गस्ती टोलीलाई देख्नासाथ अन्धाधुन्ध फायर खोलेपछि दोहोरो भिडन्त भएको थियो । 

मैदाने भौगोलिकरूपमा विटकसँगै ताप्लेजुङ र तेह्रथुम जिल्लाको सिमाना नजिकै पर्दछ । भिडन्तका क्रममा प्रहरीले दुई राउन्ड र सशस्त्रले १५ राउन्ड गोली चलाएको थियो । चन्दका कार्यकर्ताले छ राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ ।

मैदाने क्षेत्रमा ३६ प्रहरी र १० सशस्त्र प्रहरी परिचालन गरिएको छ । दोहोरो भिडन्तपछि जङ्गलतिर भागेका चन्द समूहका कार्यकताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । गत मङ्सिर १ गते पनि मैदानेमा सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट