प्रज्वल पाैडेल/ श्रावण १९, रामेछाप । रामेछापको गेलुमा पहिरोले ५ घर परिवार विस्थापित भएका छन । बस्तिमाथिबाट बर्षासँगै पहिराे झर्न थालेपछि वडा नम्बर ७ नाटिलाको मगर बस्ति  जोखिममा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल/ श्रावण १९, रामेछाप । रामेछापको गेलुमा पहिरोले ५ घर परिवार विस्थापित भएका छन । बस्तिमाथिबाट बर्षासँगै पहिराे झर्न थालेपछि वडा नम्बर ७ नाटिलाको मगर बस्ति  जोखिममा प"/>
2026-09-19 12:57 AM
रामेछाप - RMC

रामेछापको गेलु पहिरोको उच्च जोखिममा, ५ घर विस्थापित

प्रज्वल पाैडेल/ श्रावण १९, रामेछाप । रामेछापको गेलुमा पहिरोले ५ घर परिवार विस्थापित भएका छन । बस्तिमाथिबाट बर्षासँगै पहिराे झर्न थालेपछि वडा नम्बर ७ नाटिलाको मगर बस्ति  जोखिममा परेको हो ।

पहिरोले गाउँनै जोखिममा परेपछि स्थानीय त्रसित बनेका छन । बिस्थापित भएका परिवार यतिबेला आफन्तकोमा साहारा लिएर बस्न बाध्य भएकाे स्थानीयले जानकारी दिएकाछन्। चिरिएको जमिनमा बर्षातको पानी पसेपछि पहिरो कतिबेला झर्छ भन्ने टुंगो नभएकाले सुरक्षित स्थानको पहिचान गरी जतिसक्दो चाडाे बस्तिनै स्थानान्तरण गरिनुपर्ने उनीहरूकाे माग छ । पहिरो झर्न ठिक्क परेपछि स्थानीय ईन्द्र बहादुर मगर, गगन बहादुर मगर, उमेश मगर, भमाया मगर र चतुर बहादुर मगरको परिवार बिस्थापित भएको बताइएको छ ।

सुरक्षित स्थानमा जग्गा भएकाहरुका लागि अहिले सामान्य ओतको प्रबन्ध मिलाउने प्रयास भईरहे पनि पूरै जग्गा पहिरोको जोखिममा परेकालाई भने सुरक्षा गर्न निकै चुनौतीपूर्ण रहेको स्थानीय गुणा बहादुर मगरले जानकारी दिनुभयाे । गाबिस सचिव कुलबिक्रम श्रेष्ठ सहितको टोलीले पहिरोको निरीक्षण गरी जिल्लामा रहेका एनजिओ, आईएनजिओ र जिल्ला बिकास समितीलाई पहिरोको बारेमा जानकारी गराउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई