2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

सुरुङ्गा गोल्ड कपः उपाधि चर्च ब्वाइजलाई

kanakai gameगौरव पोखरेल
कात्तिक २०,
सुरुङ्गा ।
मेची अञ्चलकै सर्वाधिक पुरस्कार राशी भएको फुटबल प्रतियोगिता सुरुङ्गा गोल्ड
कप–२०७२ को उपाधि चर्च ब्वाइज युनाइटेड, काठमाण्डौंले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा चर्च ब्वाइजले राष्ट्रिय लिग फुटबलको चौथो टोली रमपम झापा–११ लाई
१–० गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।

उपाधि
जितेसँगै चर्च ब्वाइजले नगद २ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, उपविजेता झापा–११ ले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउनु परेको
छ ।

चर्च ब्वोइजलाई उपाधि दिलाउन सुमन लामाले गोल गरेका थिए ।
दोस्रो हाफको २७ औं मिनेटमा जर्सी नम्बर १७ का खेलाडी लामाले गरेको गोल नै निर्णायक बनेको थियो । खेल
अवधि भर झापाको टोली निक्कै आक्रमक देखिए पनि गोल गर्न भने सकेन ।

फाइनल खेलमा रमपम झापा–११ का खेलाडी विशाल राई म्यान अफ दी म्याच घोषित भए । त्यस्तै,
प्रतियोगिताको म्यान अफ दी सिरिज चर्च ब्वाइज युनाइटेडका खेलाडी सुमन लामा घोषित भए ।

खेलमा दोस्रो हाफको ३७ औं मिनेटमा चर्च ब्वाइजको जर्सी नम्बर १९ का विदेशी
खेलाडी मोसा बल्लोले रातो कार्ड पाएका थिए ।

त्यस्तै, दोस्रो
हाफको १६ औं मिनेटमा रमपम झापा ११ का जर्सी नम्बर ३२ का खेलाडी रञ्जित श्रेष्ठले पहेँलो कार्ड पाएका थिए
भने ३६ औं मिनेटमा रमपम झापा ११ का जर्सी नम्बर ६ का खेलाडी हेम गुरुङले पहेँलो कार्ड पाए ।

खेलमा नेपाल, भुटान र भारतका गरी ८ वटा फुटबल टीमको सहभागिता रहेको थियो

प्रतियोगिताको समापन कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल
सरकारका युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै
उनले सुरुङ्गाका युवाहरुको प्रशंसा गरे । सुरुङ्गाका युवाहरु चेतनशील र जागरुक रहेको भन्दै गोल्ड कपलाई
नेपाल सरकारको तर्फबाट सक्दो सहयोग गर्न पहल गर्ने उनले बताए ।compedition

नेपाल भरी
खलाइने २६ वटा गोल्ड कपहरुलाई १ लाख रुपैयाँ बजेट छुट्टयाइसकेको पनि उनले जनाए । त्यस्तै, खेलमैदान
व्यवस्थापनका लागि ५ लाख सहयोेग गर्ने निर्णय भइसकेको उनले जनाए ।

समापन कार्यक्रममा मन्तव्य राख्दै युवा तथा खेलकुद मन्त्रालय सह–सचिव चुणामणि पौडेल र झापाका
जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले शुभकामना दिएका थिए ।

पूर्व अध्यक्ष कुमारमणि पोखरेलले स्वागत र सदस्य नमिता काफ्ले आस्था वाचन गरेको कार्यक्रमको
सञ्चालन महा–सचिव त्रिलोचन उप्रेती र स्वास्थ्य संयोजक भीम भट्टराईले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई