2026-09-11 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आर्थिक अभावले तीन वर्षदेखि ओछ्यानमै

माघ १, सिमिकोट | तीन वर्ष अगाडि लडेर टाउकोको नशा च्यापिएर बिरामी भएका एक युवकको अर्थाभावका कारण उपचारमा समस्या भएको छ । स्थानीय र जिल्लामा उपचार गर्दा निको नभएपछि अर्थाभावले जिल्ला बाहिर लगिए पनि उपचार गर्न समस्या भएको हो ।

घरको आर्थिक अवस्था कमजोर भएपछि जिल्लाको दक्षिण क्षेत्रको चङ्खेली गाउँपालिका–२ का नगेन्द्र सुनारको उपचार गर्न समस्या भएको उनका बुवा पौमल सुनारले जानकारी दिनुभयो । तीन वर्ष अगाडि लडेर बिरामी भएका सुनारलाई शुरुमा घरेलु उपचार गरिएको र सञ्चो नभएपछि जिल्ला अस्पतालमा भर्ना गरी उपचार गर्दा पनि सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँ लगिए पनि अर्थाभावकै कारण समस्या भएको जनाइएको छ । 

चिकित्सकको सुझावअनुसार आफूसँग भएको जग्गा बिक्री गरेर जिल्ला बाहिर लगे पनि उक्त रकम सकिएपछि उपचारमा समस्या भएको हो । तीन महिना अगाडि बिरामीलाई काठमाडौँ लगे पनि सञ्चो नभएको बताइएको छ ।

अर्थाभावकै कारण बिरामी छोरालाई अस्पतालमा भर्ना नगरेर एउटा कोठामा राखिएको पौमलले बताउनुभयो । आर्थिक सहयोग प्राप्त भए छोरोलाई बचाउने चाहना रहेको उहाँले सुनाउनुभयो ।  उहाँले आफूलाई आर्थिक सहयोग गरेर उपचारबाट बचाइदिन आग्रह गरेका छन् । बिरामी सुनारलाई सहयोग गर्न चाहने व्यक्तिले मोबाइल नं ९८४५४४२९३३ मा सम्पर्क गर्न सक्ने परिवारले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस