पढ्न करिब 2 मिनेट लाग्छ

साउन २०, खोटाङ । वर्षाका कारण सडक हिलाम्मे भएपछि जिल्लामा एम्बुलेन्स नचल्दा उपचारका लागि अस्पताल ल्याइने बिरामीलाई सास्ती भएको छ ।

कच्ची सडक रहेको खोटाङ जिल्लामा गत जेठ दोस्रो साताबाटै एम्बुलेन्स नचल्दा उपचारमा ल्याइने बिरामीलाई सास्ती भएको हो ।

लामो समयदेखि एम्बुलेन्स नचलेपछि बिरामीका आफन्तले डोको तथा स्ट्रेचरमा बोकेर अस्पताल ल्याउने गरेका छन् । वर्षाको समयमा बिरामीलाई डोको तथा स्ट्रेचरमा बोकाएर अस्पताल ल्याउन समस्या हुने गरेको आफन्तले बताएका छन् ।

एम्बुलेन्स नचलेपछि मान्छेलाई बोकाएर अस्पताल पु¥याउँदा खर्चसमेत बढी हुने खार्मी–५ का युवानेता हर्कराज राईले बताउनुभयो । “मान्छेलाई बिरामी बोकाएर लैजाँदा समयमा अस्पताल पनि पुगिन्न”, उहाँले भन्नुभयो, “समयमा अस्पताल पु¥याउन नपाएपछि कतिपय बिरामीको बाटैमा ज्यानसमेत जाने गरेको छ ।”

सदरमुकाम दिक्तेलमा समेत नचल्ने एम्बुलेन्स अहिले अस्पताल परिसरमा थन्किएको छ । जिल्लाका सबै क्षेत्रका बिरामीलाई सहज र तत्काल अस्पताल पु¥याउने उद्देश्यले भारत सरकारको सहयोगमा तीन वर्षअघि जिल्लामा एम्बुलेन्स ल्याइएको थियो ।

जिल्लाका सबै गाविसमा सडक सञ्जाल जोडिएको खोटाङ जिल्लामा अहिलेसम्म कुनै पनि सडक कालोपत्रे हुन सकेको छैन । केही सडक कालोपत्रका लागि प्रक्रियामा रहेपनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पूरा हुन नसकेको हो ।

कच्ची सडकका कारण अहिले जिल्लामा एम्बुलेन्ससँगै कुनै पनि सवारीसाधन चल्न सकेको छैन । सवारीसाधन नचलेपछि जिल्लाका सर्वसाधारण कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । रासस