साउन २०, नवलपरासी । नवलपरासीमा द्वन्द्वमा परेका महिला समुदाय जीविकोपार्जनतर्फ उन्मुख भएका छन् । 

जिल्लाको सोमनी गाविसको बर्गदवा गाउँका महिलालाई महिला तथा बालबालिका कार्यालयले व्यवसायिक कृषि तालिम दिएपछि यहाँका द्वन्द्वपीडित महिला जी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, नवलपरासी । नवलपरासीमा द्वन्द्वमा परेका महिला समुदाय जीविकोपार्जनतर्फ उन्मुख भएका छन् । 

जिल्लाको सोमनी गाविसको बर्गदवा गाउँका महिलालाई महिला तथा बालबालिका कार्यालयले व्यवसायिक कृषि तालिम दिएपछि यहाँका द्वन्द्वपीडित महिला जी"/>

2026-09-19 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा द्वन्द्वप्रभावित महिला जीविकोपार्जनतर्फ

साउन २०, नवलपरासी । नवलपरासीमा द्वन्द्वमा परेका महिला समुदाय जीविकोपार्जनतर्फ उन्मुख भएका छन् । 

जिल्लाको सोमनी गाविसको बर्गदवा गाउँका महिलालाई महिला तथा बालबालिका कार्यालयले व्यवसायिक कृषि तालिम दिएपछि यहाँका द्वन्द्वपीडित महिला जीविकोपार्जनतर्फ उन्मुख बनेका हुन् । यसबाट आफूजस्तै धेरै द्वन्द्व प्रभावित महिला लाभान्वित भएको मनकामना महिला विकास समितिकी अध्यक्ष अमृता चौधरीको भनाइ छ । 

कार्यालयले प्रदान गरेको तालिमबाट उनीहरु आधुनिक कृषि खेतीतर्फसमेत आकर्षित बनेका छन् । तरकारी खेतीबाट कमाएको रकमले बालबच्चाको अध्ययनसहित घर खर्चमा समेत सहयोग पुग्ने गरेको संस्थाकी सचिव पिलादेवी चौधरीको भनाइ छ । कार्यालयले व्यावसायिक कृषि तालिमसहित बीउबिजन, मलखाद र कृषि प्रविधि खरिदका लागि आर्थिक रकमसमेत सहयोग गर्दै आएको छ । 

महिला तालिम पाएपश्चात् आधुनिक खेती गरी आर्थिक उपार्जनसमेत गर्दै आएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख उर्वरा लुइँटेलको भनाइ छ । 

तालिम पाएका द्वन्द्वपीडित महिलाले अहिले आधुनिक तरकारी खेती सुरु गरेका छन् भने उनीहरु यसबाट जीविकोपार्जनतर्फ उन्मुख भएका छन् । सरकारी पक्षबाट गरिएको यस्ता कामलाई समाजमा सकारात्मक रुपमा हेरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई