साउन २०, बागलुङ । जिल्लाका बाढी, पहिरो प्रभावितको राहतका लागि राजनीतिक दलहरुले सक्रियता देखाएका छन् । नेपाली काँगेस, नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाले राहत सङ्कलन गरिरहेका छन् । 

जिल्लामा क्रियाशील अन्य दलले राहत उठाउने योजना बना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, बागलुङ । जिल्लाका बाढी, पहिरो प्रभावितको राहतका लागि राजनीतिक दलहरुले सक्रियता देखाएका छन् । नेपाली काँगेस, नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाले राहत सङ्कलन गरिरहेका छन् । 

जिल्लामा क्रियाशील अन्य दलले राहत उठाउने योजना बना"/>

2026-06-25 02:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका दलहरु राहत सङ्कलनमा सक्रिय

2016-08-04

साउन २०, बागलुङ । जिल्लाका बाढी, पहिरो प्रभावितको राहतका लागि राजनीतिक दलहरुले सक्रियता देखाएका छन् । नेपाली काँगेस, नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाले राहत सङ्कलन गरिरहेका छन् । 

जिल्लामा क्रियाशील अन्य दलले राहत उठाउने योजना बनाएका छन् । राष्ट्रिय जनमोर्चाले अधिकारीचौरका बाढी प्रभावित ५५ घरपरिवारलाई रु पाँच÷पाँच हजारका दरले राहत वितरण गरेको छ । 

जनमोर्चाका सांसद् मीना पुन, केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानालगायतको टोलीले प्रभावित क्षेत्रमै पुगेर राहत रकम प्रदान गरेको जनमोर्चा बागलुङका सचिव धर्मबहादुर कुँवरले जानकारी दिनुभयो । काँग्रेस बागलुङले पनि सोमबार र मङ्गलबार गरी दुई दिन राहत सङ्कलन गरेको छ । 

सदरमुकाममा गरिएको घरदैलो अभियानबाट रु एक लाख १३ हजार ८८९ सङ्कलन भएको काँग्रेसका जिल्ला सदस्य डिलप्रसाद शर्माले बताउनुभयो । जिल्लाको पश्चिम भेगका बाढी प्रभावित गाविसमा पुगेर सङ्कलित राहत वितरण गरिने उहाँको भनाइ छ । यस्तै, नेकपा (एमाले) बागलुङले पनि राहत सङ्कलन अभियान चलाएको छ । हालसम्म रु एक लाख ५० हजार एक सय सङ्कलन भएको कार्यालय सचिव शिव शर्माले जानकारी दिनुभयो । 

दलहरुले प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गर्ने कार्यक्रम बनाएका छन् । “बाढी प्रभावितहरुको राहतमा सबै जुट्नुपर्ने बेला छ, नागरिकको समस्यामा दल साथमा हुनुपर्छ” – काँग्रेस बागलुङ सभापति दीपेन्द्रबहादुर थापाले भन्नुभयो । 

नागरिकको मतबाट नेतृत्व र पदमा पुग्ने दलहरुले उद्धार र राहतमा देखाएको सक्रियतालाई धेरैले सकारात्मक ठानेका छन् । गैरदलीय क्षेत्रबाट पनि बाढी प्रभावितको राहतका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् । सरकारीस्तरबाट पहिलो चरणको राहत सामग्री वितरण गरिसकिएको छ । 

सडक मार्ग अवरुद्ध भएपछि नेपाली सेनाको हेलिकप्टरबाट राहत पु¥याइएको थियो । विभिन्न गैरसरकारी संस्था, व्यावसायिक संस्था, पत्रकारलगायतले पनि बाढी प्रभावितका लागि राहत सङ्कलन गरिरहेका छन् । विदेशमा रहेका बागलुङवासी नागरिक र तिनका संस्थाले पनि राहत जुटाउन सुरु गरेका छन् । अघिल्लो साताको अविरल वर्षाका कारण जिल्लाका पश्चिम भेगका आधा दर्जन गाविसमा बाढीले ठूलो क्षति पु¥याएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार १२० भन्दा बढी घरमा बाढीले क्षति पु¥याएको छ । डेढ सय बढी घर बाढीको उच्च जोखिममा छन् । करोडौँको भौतिक सम्पत्ति नाश भएको छ । सबैभन्दा बढी अधिकारीचौर र बोङ्गादोभान गाविसमा क्षति पुगेको छ । विभिन्न ठाउँमा गएको पहिरोमा परी जिल्लाका छ जना नागरिकले ज्यानै गुमाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक