Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
January 21, 2021 बारा - BR, समाज

सामाजिक संजाल मार्फत ठगी गर्ने पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ८,बारा ।</b> सामाजिक संजाल मार्फत&nbsp; ठगी गर्ने गिरोहमा संलग्न एकजना पक्राउ परेका छन् ।&nbsp; मंगलबार प्रहरीले बाराको प्रसौनी गाउँपालिका-४ बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतोलाई पक्राउ गरेको हो ।&nbsp;<br></p><p>महतोले महागढीमाई नगरपालिका-३ बस्ने दिपेन्द्र प्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्न अग्रिम १ लाख ७५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ भनी बिभिन्न प्रलोभन दिई उक्त रकम ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ ।</p><p>महतो उपर ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।</p>