२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा हात्तीले दुई दर्जन घर भत्काए

२०७७, ९ माघ शुक्रबार १०:२९

माघ ९, सिरहा । सिरहाको गर्जना नगरपालिका–२ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीनरचार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी नष्ट गरेको स्थानीयवासी शिव अञ्जनी दाहालले जानकारी दिए ।

सो क्षेत्रमा दिनहुँ तीनरचार हात्ती गाउँमा पसेर घर भत्काउने र अन्नबाली नष्ट गरिरहेका छन् । हात्तीले स्थानीयवासी प्रकाश काफ्ले, सुदर्शन काफ्लेलगायतका १०  घर भत्काएको र घरभित्रका धान चामल नष्ट गरेको दहालले बताए । हात्तीले केराबारी तथा धानबाली पनि नष्ट गरेका छन् । दिउँसो उखुबारीमा लुकेर बस्ने र रातको समयमा घर बस्तीमा पसेर हात्तीले आतङ्क नै फैलाएपछि गउँले त्रसित भएका छन् ।    हात्तीको आक्रमणबाट हुने क्षति रोक्नका लागि स्थानीय प्रशासनले आवश्यक पहल भइरहेको जनाइएको छ ।

सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले हात्ती नियन्त्रणका लागि सबैखाले उपाय अवलम्बन गरिएको जानकारी दिए । उनका अनुसार सिरहाको गर्जनादेखि बन्दीपुरसम्म पूर्वपश्चिम राजमार्गको उत्तर खण्डको करीब तीन किलोमिटर क्षेत्रमा हात्ती बस्तीमा गएर घर भत्काउने अन्नबाली नष्ट गरी स्थानीयवासीलाई त्रसित बनाएको छ । उक्त क्षेत्रमा हात्ती हिँड्ने परम्परागत रुट भएकाले पनि हात्तीले वर्षेनि दुःख दिने गरेको छ । त्यस क्षेत्रमा कतिपयले घरटहरा बनाएका छन् । 

हात्तीलाई नुन र रक्सी बनाउन प्रयोग गरिने सामग्री आदि मनपर्ने भएका कारण गाउँमा हात्तीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । हात्तीलाई नुन मनपर्ने आहारा भएकाले नुन खोज्न तथा रक्सी बनाउन प्रयोग गरिएका सामग्रीको गन्धले पनि हात्तीले दुःख दिने गरेको स्थानीय प्रशासनले जनाएको छ । हात्तीको आतङ्क रोक्न नुन भण्डारण नगर्न, रक्सी चुहावट नगर्न तथा केराको बोट नराख्न स्थानीय सरकार र प्रहरी प्रशासनले उर्दी जारी गरिसकेको छ ।

डिभिजन वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ढ्याङग्रो ठट्टाउने, पटका पड्काएर सुरक्षित तवरले हात्ती धपाउने कार्य भइरहेको प्रजिअ कणेलले बताए । जिल्लामा हात्तीले हालसम्म दुई दर्जनभन्दा बढी घर भत्काउनाका साथै धेरैको अन्नबाली नष्ट गरेको छ । मानवीय क्षति भने भएको छैन । विगत २५ दिनदेखि हात्तीको समूहले विभिन्न स्थानमा दुःख दिइरहेको छ । कोशी टप्पु राष्ट्रिय निकुञ्ज वा झापा र सुनसरीबाट हात्ती आएको हुनसक्ने प्रशासनले जनाएको छ । झापा, सुनसरी, उदयपुर, सिराहा हुँदै अहिले कमलानदी किनारमा हात्ती पुगेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट