सन्तोषकुमार गुप्ता, साउन २०, भालुवाङ । राष्ट्रिय वन अन्र्तगत भालुवाङ पुल्चोक बजार स्थीत रातोडाँडामा सुकेको सालको रुख कटानको उजुरीको बिषयलाई लिएर देउखुरी टुडेका समाचार सम्पादक तथा राप्ती समाचारका भालुवाङ समा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, साउन २०, भालुवाङ । राष्ट्रिय वन अन्र्तगत भालुवाङ पुल्चोक बजार स्थीत रातोडाँडामा सुकेको सालको रुख कटानको उजुरीको बिषयलाई लिएर देउखुरी टुडेका समाचार सम्पादक तथा राप्ती समाचारका भालुवाङ समा"/>
2026-09-19 02:17 PM
दाङ्ग - DNG

सालको रुख कटान उजुरीको बिषयलाई लिएर पत्रकार एमसीलाई ज्यान मार्ने धम्की

सन्तोषकुमार गुप्ता, साउन २०, भालुवाङ । राष्ट्रिय वन अन्र्तगत भालुवाङ पुल्चोक बजार स्थीत रातोडाँडामा सुकेको सालको रुख कटानको उजुरीको बिषयलाई लिएर देउखुरी टुडेका समाचार सम्पादक तथा राप्ती समाचारका भालुवाङ समाचारदाता एवम् पत्रकार बिदुर एमसी र उहाँको श्रीमती दानुमाया एमसीलाई बुधबार राती भालुवाङका केही व्यक्तिले ज्यान मार्ने धम्की सहित हातपातको प्रयास गरेका छन् । 

      राती करिब साढे ९ बजेको समयमा आफ्नै घर अगाडी भालुवाङ पुल्चोक रातोडाँडाका बसन्त गिरी, उहाँकी श्रीमती गंगा गिरी र निजको घरमा डेरा गरी बस्ने राजु श्रेष्ठले ज्यान मार्ने धम्की सहित हातको प्रयास भएको पिडित सञ्चारकर्मी एमसीले जानकारी दिनु भयो । गिरीले आफ्नो घर नजिक सुकेको सालको रुख काँट्दा पत्रकार सन्तोषकुमार गुप्तालाई बोलाई जिल्ला वन कार्यालय दाङमा उजुरी गर्न लगाएको भन्दै पत्रकार गुप्ता, एमसी र उहाँकी श्रीमती दानुमाया एमसीलाई ज्यान मार्ने धम्की दिएको पिडित एमसीले बताउनु भयो । तीनै जना व्यक्तिले अत्याधिक मदिरा सेवन गरी एमसीकै घर भित्र गई अश्लील शब्द प्रयोग गरी गाली बेइज्जती सहित हातको प्रयास गरेको र आफूले तत्काल प्रहरीलाई खबर गरे पछि ज्यान जोगाउन सफल भएको एमसीले भन्नु भयो । तीनै जनाले म र मेरो श्रीमती माथि पटक—पटक आक्रमणको प्रयास गरे तर स्थानियबासी र प्रहरीको संरक्षण ज्यान जोगाउन सफल भए एमसीले भन्नु भयो । 

     गिरीले भालुवाङ पुल्चोकको राष्ट्रिय चुरेक्षेत्र क्षेत्र अन्र्तगत राष्ट्रिय वनमा पर्ने सुकेको साल जिल्ला वन कार्यालय दाङको अनुमति बिना नै काट्न शुरु पछि स्थानियबासीले वन कार्यालयमा खबर गरेका थिए । खबर पाए लगत्तै जिल्ला वन कार्यालयको निर्देशनमा तत्काल रुख काट्न रोक लगाएको थियो । रित पु¥याएर रुख काटेको छु भन्दै गिरीले आशंकाको भरमा पत्रकार एमसीले नै वन कार्यालयमा खबर दिएको रिसमा उहाँ र उहाँकी श्रीमतीलाई अपशब्द तथा अश्लील शब्द प्रयोग गरी गाली बेइज्जती सहित हातको प्रयास गरेको स्थानियबासीले बताएका छन् ।

यसैबीच रुख कटानको उजुरीको बिषयलाई लिएर बुधबार राती गिरीले पत्रकार एमसी परिवार माथि भएको हातपातको बिषयलाई लिएर जिल्ला वन कार्यालय दाङको एक टोलीले घटना स्थलको अनुगमन गरी रुख काट्ने गिरीलाई वन ऐन अन्र्तगत मुद्दा चलाईने सहायक वन अधिकृत रामाज्ञा प्रसाद शाहले जानकारी दिनु भयो । उहाँले राष्ट्रिय वन क्षेत्रको रुख काट्दा जिल्ला वन कार्यालयको अनुमति तथा निर्णयबाट काट्ने प्रावधान हुँदाहुँदै पनि गिरीले आफू खुसी रुख कटान गरेको भन्दै कटानमा संलग्न जो कोहीलाई पनि नछोड्ने बताउनु भयो । 

     यता पत्रकार एमसीले आफू माथि भएको हातपातको प्रयास तथा ज्यानमार्ने धम्की दिने व्यक्तिलाई कार्वाही गरी न्याय तथा आवश्यक सुरक्षाको ग्यारेन्टीको माग गदै ईलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दर्ता गराउनु भएको छ । हातपातको प्रयास तथा ज्यानमार्ने धम्की दिने भालुवाङ पुल्चोक रातोडाँडाका बसन्त गिरी, उहाँकी श्रीमती गंगा गिरी र निजको घरमा डेरा गरी बस्ने राजु श्रेष्ठको बिरुद्ध किटानी जाहेरी दर्ता गराउनु भएको हो । यता पत्रकार बिदुर एमसी माथि बुधबार राती भएको हातपातको प्रयास तथा ज्यानमार्ने धम्की बिरुद्ध देउखुरी टुडे राष्ट्रिय साप्ताहिक तथा लालीगुराँस युवा मञ्च सिसहनियाँले दोषीलाई कडा कार्बाहीको माग गरेको छ ।

साप्ताहिकका प्रकाशक÷सम्पादक एवम् युवा मञ्चका अध्यक्ष सन्तोषकुमार गुप्ता तथा महासचिव ओमप्रकाश गुप्ताले बिहिबार एक प्रेस विज्ञप्ती जारी गरी साप्ताहिकका समाचार सम्पादक तथा मञ्चका संस्थापक सल्लाहकार एवम् कार्यक्रम संयोजक एमसी माथि भएको दुव्र्यबहार प्रति कडा बिरोद्ध जनाउँदै शंकाको भरमा पत्रकार कै घरमा गई गाली बेइज्जती गर्नु स्वतन्त्र रुपमा पत्रकारिता गर्न अबरोध पु¥याउनु सञ्चारबिरोधी तथा अपराधिक कृयाकलाप भएको भन्दै दोषी उप कडा भन्दा कडा कार्वाहीको माग गर्नुका साथै पत्रकार एमसीको जीउज्यानको रक्षाका लागि प्रहरी, प्रशासन, पत्रकार, मानव अधिकारबादी र नागरिक समाज संग आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो