Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 16, 2015 झापा - JP, समाज

बाबुरामको नयाँ शक्ति अभियानः झापामा समिति गठन शुरु

By साझासवाल 1 मिनेट पढाइ

naya saktiकात्तिक ३०, काँकरभिट्टा । पूर्व
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘नयाँ शक्ति निर्माण अभियान’ अन्तर्गत झापामा पहिलोपटक आइतबार
मेचीनगरमा २७ सदस्यीय समिति गठन भएको छ ।

पुष्प पौडेलको
संयोजकत्वमा गठन भएको समितिको सहसंयोजकमा उत्तम भण्डारी र सदस्यहरुमा वीरबहादुर श्रेष्ठ, चन्द्रजीत राई,
गोकुल हुमागाई, कमला पराजुली, टीका बनियाँलगायत रहेका छन् ।

नयाँ
शक्ति निर्माण अभियानले झापाका सबै नगरपालिका र गाविसहरुमा समिति गठन गर्न छलफल चलाइरहेको संयोजक
पौडेलले बताए।