२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा घरबाटै बेपत्ता दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार

२०७७, २३ माघ शुक्रबार ०४:५२

माघ २३, लहान । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थिए ।

बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बिहीबार साँझ ७:० भारतको मधुवनी जिल्ला खाजेडी भन्ने गाउँबाट प्रियान्सुलाई उद्धार गरेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिनुभयो । 

बालक प्रियान्सुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई गए राति नै आमा सङ्गीताकुमारीको जिम्मा लगाएको जनाएको छ । बालक बेपत्तालगत्तै परिवारजनले प्रहरीलाई खबर गरेका थिए । परिवारजनले बालकको अपहरण भएको आशङ्का गरेका थिए । बालकको घरदेखि फेला परेको स्थानको दूरी करिब १८ किलोमिटर पर्छ । “हाम्रो पहिलो प्राथमिकता बालकलाई सकुशल पत्ता लगाउनु थियो जुन सफल भयो”, प्रहरी उपरीक्षक भण्डारीले भन्नुभयो, “अब घटनाको अनुसन्धान गरी बालकको अपहरण गर्नेको खोजी गर्न केन्द्रित हुन्छौँ ।” अपहरणकारी जोसुकै भए पनि खोजी गरी कानूनी दायरामा ल्याइने उहाँको भनाइ थियो । 

होटल र रेष्टुरेन्ट सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण

पस्किने खानामा स्वच्छता, गुणस्तरीयता र सफा बनाउने उद्देश्यले सिरहाका होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजद्वारा बिहीबार सिरहाको मिर्चैयामा आयोजित खाद्य स्वच्छतासम्बन्धी एकदिने तालिममा सिरहाका करिब ३० जना होटल, रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकको सहभागिता थियो ।

तालिममा होटल, रेष्टुरेन्ट तथा क्यान्टिनमा पस्किने खाना र खाजामा स्वच्छता, गुणस्तरीयता ल्याउने विधिबारे कार्यपत्र प्रस्तुत गर्नुहुँदै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजका प्रमुख सुरेशकुमार सिंहले होटल तथा रेष्टुरेन्टको प्रतिस्पर्धा खाद्य स्वच्छता र गुणस्तरीतामा हुनुपर्ने बताउनुभयो ।

उहाँले खाद्य स्वच्छताका लागि होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने रसायन, भाँडाकुडा, शौचालय, झ्यालढोका, भान्सा, खाना खुवाउने ठाउँ, कच्चा तथा तयारी खानेकुराका लागि छुट्टाछुटै ठाउँ, पानीको भण्डारण तथा प्रशोधन प्रक्रिया, हातधुने नियम, खानेकुराको देखभाल वा प्रबन्ध, खानेकुराको सम्पर्कमा आउने सम्पूर्ण उपकरण सफा हुनुपर्ने जानकारी दिनुभयो । 

तालिममा होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामकुमार गुप्ताले खाद्य स्वच्छताका लागि सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्नेमा जोड दिनुहुँदै नियमित बजार अनुगमनसँगै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्नुपर्ने बताउनुभयो । सो अवसरमा राष्ट्रिय उपभोक्त मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ता, मिर्चैया उद्योग वाणिज्य सङ्घका महासचिव भरत महासेठले होटल र रेष्टुरेन्टले खाद्य स्वच्छतामा ध्यान दिन नसक्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने बताउनुभयो ।

यसैबीच माघ २९ गतेदेखि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजले खाद्य स्वच्छताका आधारमा होटल, रेष्टुरेन्टको स्तरोन्नतिका लागि स्टीकर (लोगो) टाँस्ने कार्य शुरु गरिने भएको छ । होटल तथा रेष्टुरेन्ट सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागू गरे÷नगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिने प्रमुख सिंहको भनाइ छ । विभिन्न चार किसिमको स्तरीकरण कायम गरिएकामा ९० भन्दा बढी अङ्क ल्याउने होटल र रेष्टुरेन्टलाई अति उत्तम (क) तथा ८० देखि ९० सम्म अङ्क ल्याउनेलाई उत्तम श्रेणी (ख), ६५ देखि ७९ अङ्कसम्म ल्याउनेलाई सन्तोषजनक (ग) र ५० देखि ६४ अङ्क ल्याउनेलाई समान्य वर्ग (घ) गरी वर्गीकरण गरेर सोहीअनुसार होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँसिन्छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली