Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
झापा - JP

झापाकी चेली नेपालकै ‘डान्स स्टार’ बन्ने होडमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

Jhapalicheliमंसिर १५, विर्तामोड (सास) । झापा
बुधबारे–७ की अञ्जली माझी हिमालय टेलिभिजन प्रसारण भइरहेको राष्ट्रियस्तरको एकल नृत्य प्रतियोगिता लेट
मि डान्स नेपाल रियालिटी शोको उत्कृष्ट १२ मा पुग्न सफल भएकी छिन् ।

सर्वाधिक भोटसहित उनी उत्कृष्ट १२ मा परेकी हुन् ।

सानैदेखि नृत्यमा रुचि राख्ने उनी झापा बिर्तामोडमा भएको अडिसन राउन्डबाट छानिएकी हुन्

उनी नेपालभरका हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट १२
मा पर्न सफल भएकी हुन् । झापा एपीएस डान्स स्टार र पूर्वाञ्चल एकल नृत्य डान्स स्टारको उपाधि जित्न सफल
उनी नेपालकै डान्स स्टार बन्न यो प्रतियोगितामा सहभागी भएको बताउँछिन् ।

बिर्तामोडको प्रोभिडेन्स कलेजकी विद्यार्थी रहेकी उनले युनिक कला केन्द्र चारआलीमा सुरुवाती
नृत्य प्रशिक्षण लिएको उनका बुबा लोकबहादुर माझीले बताए ।

प्रतिभाशाली नृत्याङ्गना माझीले भोट गरी आफूलाई विजयी बनाइदिन नृत्यप्रेमीहरुमा अपिल गरेकी छन्
। उनले भनिन्, ‘तपाईंको एक भोटले मेरो प्रतिभाले ठूलो मौका पाउन सक्नेछ ।’

यसअघि आफूलाई भोट गरी सर्वाधिक भोट दिलाएकोमा उनले सम्पूर्ण भोटकर्तालाई धन्यवाद दिएकी छन् ।
उनले भनिन्, ‘निरन्तर भोट गरी विजयी बनाउन सहयोग गर्नु हुन म सम्पूर्ण नृत्यप्रेमीलाई हार्दिक अनुरोध
गर्दछु ।’

उनलाई भोट गर्न LMD <space> 11 type गरी 3001
मा Message सेन्ड गर्न सकिनेछ । साथै, अनलाइन मार्फत् पनि भोट गर्न सकिनेछ ।

सो रियालिटी शो हिमालय टेलिभिजनबाट शनिबार राति ८ः०५ बजे र आइतबार बिहान ११ बजे प्रसारण
हुँदै आएको छ ।

अनलाइनमार्फत भोट गरी उनलाई जिताउन
यहाँ क्लिक गर्नु होस्