2026-11-02 09:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केटु हिमाल आरोहीलाई नगर परिक्रमासहित अभिनन्दन

माघ २६, पोखरा (रासस) । हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमलको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई आज पोखरामा भव्य नागरिक अभिनन्दन गरिएको छ ।  सो टोलीलाई बाजागाजासहित पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईलगायत पर्यटन व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिले पुष्पगुच्छा र खादासहित स्वागत गर्नुभएको थियो । आरोहीलाई विमानस्थलबाट पृथ्वीचोक, नयाँबजार, न्युरोड र सृजनाचोक हल्लनचोक परिक्रमा गरेर स्थानीय रिसोर्टमा सम्मान गरिएको थियो । 

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सामूहिक भावनामा विश्वास गरे सफल हुन सकिन्छ भन्ने सन्देश कीर्तिमानी आरोहीले दिन सफल भएको बताउनुभयो ।  “हामी धेरैले सिक्नुपर्छ । आरोहीबाट व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक भावना विश्वास गर्न सके व्यक्तिले होइन देशले जित्छ, देशले जिते सबै नेपालीले जित्छन् भन्ने सन्देश मिलेको छ ।”, जिसीले भन्नुभयो । उहाँले हिमाल आरोहीले सच्चा नेपालीको पहिचान र परिचयलाई विश्वको इतिहासमा लेखाउन सफल भएको जनाउँदै सबै नेपालीले यसमा गर्व गरेको बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आरोहीको आँट, साहस र सामूहिक भावनाले देशलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन सफल भएको धारणा राख्नुभयो । उहाँले यस्ता गतिविधिले नेपालको पर्वतीय पर्यटनलाई विश्व बजारमा पु¥याउन सफल हुने र पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । परिषद्का अध्यक्ष भट्टराईले  विश्वमाझ नेपाललाई चिनाउन सफल कीर्तिमानी आरोहीहरुको साहसिक कदम र सामूहिक भावनाले नेपालीको शिरलाई निकै उचो बनाएको बताउनुभयो । उहाँले देशले यस्ता ‘आइकन’हरुलाई उच्च सम्मान गर्न आवश्यक रहेको बताउनुभयो । कोभिड–१९ को असरले पर्यटन क्षेत्रमा शिथिल बनेको अवस्थामा आरोहीले विश्वजगत्मा एक प्रकारको तरङ्ग ल्याएर नेपाल र नेपालीलाई चिनाउन सफल भएको उहाँको भनाइ थियो ।  

पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले विश्वमा नेपाल हिमालले चिनिएको देश भएकाले निकै जोखिम मानिने केटु हिमालको सफल आरोहणले नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली एकअर्कालाई साथ र सहयोग गरेर जुट्न सक्छन् र एउटै उद्देश्यमा गोलबद्ध भएर लक्ष्य हासिल गर्न सक्छन् भन्ने सन्देश आरोहीले दिन सफल भएको बताउनुभयो । 

कार्यक्रमका संयोजक ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले ‘किलर माउन्टेन’ भनेर चिनिने केटु हिमालको सफल आरोहणले नेपालको  नामलाई विश्वमा चिनाउन सफल भएको बताउनुभयो । उहाँले “हामी जुट्याँै भने सफल भइन्छ भन्ने सन्देश दिन सफल साहसी नायकहरु ‘नेपाली डाइमन्ड’ भएको सङ्ज्ञा दिँदै आज विश्वले खोजिरहेको बताउनुभयो ।

सगरमाथा उचाइ मापन आरोहण दलका संयोजक खिमलाल गौतमले हिमाल चढ्नु आफैँमा कठिन कार्य र त्यसमाथि हिउँदको समयमा केटु हिमाल आरोहण गर्नु मृत्युसँग जिस्कन पुगे जस्तै भएको बताउनुभयो । “हिउँदको समयमा चढेर इतिहास लेखाउन धेरैले चाहेका थिए तर त्यो नाम लेखाउन नेपालीले मात्रै सके यो निकै गर्विलो पल हो”, गौतमले भन्नुभयो, “हिउँदको समयमा केटुको शिखरमा सामूहिक भावनाको सन्देशसहित नेपालको झण्डा फहराउने कार्य इतिहासमा कहिल्यै मेटिन सक्ने छैन ।”

प्यासिफिक एसिया ट्राभल एशोसिएशन इन्टरनेशनल (पाटा)का महासचिव सुमन पाण्डेले आरोहीले नेपाली हर कुनै कार्यमा सफल हुन सक्छन् भन्ने सन्देश विश्वमा दिन सफल भएको बताउनुभयो । कोभिड–१९ का कारणले शिथिल बनेको अवस्थामा कीर्तिमानी आरोहीको नागरिक अभिनन्दनले पोखरा सुरक्षित छ भन्ने सन्देशसमेत  दिन सफल भएको उहाँको भनाइ थियो ।

 सम्मानपश्चात् केटु हिमाल आरोही दलका निर्मल पुर्जाले ‘मभन्दा माथि उठेर हामी’ भन्ने भावना राख्न सके जुनसुकै कुरामा पनि सफलता हासिल गर्न सकिने बताउनुभयो । “मैले चाहेको भए पहिलो पाइला चुचुरोमा राख्न सक्थे, तर मैले त्यो स्वार्थ त्यागेँ, हामी बीचमा भेट भयो र सामूहिक भावना लिएर सँगै चुचुरोमा पाइला राख्ने निधो ग¥यौँ, यसले हामीलाई ‘मबाट माथि उठाएर हामी’ भन्ने भावना पु¥यायो । यही सन्देश हामी सबैलाई दिन चाहन्छु ।” 

सोही अवसरमा नेपाल पर्वतारोहरण सङ्घ गण्डकी प्रदेशको आयोजनामा गरिएको धम्पुस पिक (थापा पिक ६०१९) आरोहण कार्यक्रममा गण्डकी प्रदेशका छ जना आरोहीले सफलतापूर्वक आरोहण गरेकाले आरोहीहरु टासी पासाङ, मन गुरुङ, सनकुमार जुग्जाली, दीपेशबाबु सुवेदी, सुदीप गौतम र हिराकुमारी मल्ल रहनुलाई पनि सम्मान गरिएको थियो । सआरोही हिराकुमारी मल्लले धम्पुस पिक आरोहण गर्दाका अनुभव राख्नुभयो । 

पाकिस्तानमा रहेको केटु हिमाल (८६११ मिटर) नेपालका दस जना पर्वतारोहीले हिउँदको समयमा माघ ३ गते आरोहण गरेर इतिहास रचेका थिए । हिमाल आरोहण गर्ने निर्मल पुर्जाको आरोहण दलका नेपालीहरु मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा र अर्को आरोहण दलमा मिङमा जी शेर्पा, दावा तेञ्जिङ शेर्पा, किलु पेम्बा शेर्पा हुनुहुन्छ भने सेभेन समिट नामको आरोहणबाट सोना शेर्पाले सफल आरोहण गर्न सफल हुनुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द