साउन २१, म्याग्दी । पहिरोको कारण म्याग्दीको दग्नाम गाउँ उच्च जोखिममा परेको छ । लामो समयसम्म परेको बर्सातका कारण पहिरो जान थालेपछि गाउँ पहिरोको जोखिममा परेको हो । 

दग्नाम– १, ३, ४ र ६ नम्बर वडामा पर्ने गहिरी गाउँ र माझी गाउँको बीचमा रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २१, म्याग्दी । पहिरोको कारण म्याग्दीको दग्नाम गाउँ उच्च जोखिममा परेको छ । लामो समयसम्म परेको बर्सातका कारण पहिरो जान थालेपछि गाउँ पहिरोको जोखिममा परेको हो । 

दग्नाम– १, ३, ४ र ६ नम्बर वडामा पर्ने गहिरी गाउँ र माझी गाउँको बीचमा रहेक"/>

२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पहिरोले दग्नाम गाउँ उच्च जोखिममा

२०७३, २१ श्रावण शुक्रबार ०५:५३

साउन २१, म्याग्दी । पहिरोको कारण म्याग्दीको दग्नाम गाउँ उच्च जोखिममा परेको छ । लामो समयसम्म परेको बर्सातका कारण पहिरो जान थालेपछि गाउँ पहिरोको जोखिममा परेको हो । 

दग्नाम– १, ३, ४ र ६ नम्बर वडामा पर्ने गहिरी गाउँ र माझी गाउँको बीचमा रहेको पैरे खोलामा जमिन भासिएर पहिरो जान थालेपछि गाउँ नै पहिरोको जोखिममा परेको स्थानीयवासी धनीलाल गर्वुजाले बताउनुभयो । 

उहाँका अनुसार शव अन्त्येष्टि गरिने भ्वानेको च्याँनेडाँडाको जमिनसमेत भासिएर पहिरो गएको छ । पहिरोले गहिरी गाउँ र माझी गाउँको बीचमा पर्ने पैरे खोल्साको नजिकै रहेको मन्दिरदेखि करिब एक हजार ५०० मिटर माथिसम्म जमिन चर्किने र भासिने गरेको गर्वुजाले बताउनुभयो । ‘‘पहिरोले बस्तीलाई नै जोखिममा पारेको छ, झन्डै २०० मिटर दायाँबायाँसमेत पहिरोले जमिन चिराचिरा परेको छ, पहिरो नियन्त्रण गर्न नसके झन्डै ५० घरधुरी पहिरोबाट प्रभावित हुने देखिन्छ,” उहाँले भन्नुभयो । 

गत वर्ष गएको भूकम्पले हल्लाएको जमिन बर्खायामको अविरल वर्षाका कारण पहिरो गएको स्थानीयवासीको भनाइ छ । करिब एक सातादेखि जान थालेको पहिरोले दग्नाम, दरमिजा, चिमखोला र कुइनेमङ्गलेका सर्वसाधारण आवतजावत गर्ने पैदलमार्गसमेत बगाएकाले सर्वसाधारण थप समस्यामा परेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो