२८ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

संकट समाधान र कालोबजारी नियन्त्रण गर्न युवा नेताहरुको माग

१७ मंसिर २०७२, बिहीबार ०९:४१

share

मंसीर १७, बिर्तामोड । तराई–मधेशमा जारी आन्दोलन र भारतीय नाकाबन्दीले मुलुकमा चरम संकट
उत्पन्न हुनुका साथै कालोबजारी बढाएको र त्यसबाट द्वन्द्व बढेको भन्दै झापाका विभिन्न दलका युवा नेताले
संकटको निकासका लागि राज्यलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

संवाद समूह झापाको संयोजनमा आज विहीवार बिर्तामोडमा सत्तापक्ष तथा आन्दोलनमा रहेका दलका युवा
नेताबीच भएको छलफलमा मधेशवादी दल र सरकारबीच सार्थक र परिणाममुखी बार्तामा जोड दिइएको छ ।

राष्ट्रियताको सवालमा सबै युवा एक जुट हुनुपर्नेमा समेत जोड दिँदै युवा
नेताहरुले संकट समाधानका लागि सरकार र दलहरुलाई लचिलो बनाउन देशव्यापी दबाब सिर्जना गर्नुपर्ने बताएका
छन् । उनीहरुले कालोबजारी नियन्त्रणमा जनसमर्थन जुटाउनुपर्ने र राज्यलाई जिम्मेवार बनाउनुपर्ने समेत
बताएका छन् ।

तराई मधेशमा जारी आन्दोलनको निकास दमनबाट नहुने
तथा बार्ता र सहमतिको विकल्प नरहेको समेत उनीहरुले सुझाएका छन् । कालोबजारी सबै क्षेत्रका मौलाएको र
त्यसलाई राज्यले नै संरक्षण गरेको भन्दै युवा नेताहरुले त्यो परिस्थितिमा नयाँ खाले द्वन्द्वहरु बढेर
गएको बताए ।

उनीहरुले बन्द, हड्तालको सट्टा आन्दोलनको स्वरुप
परिवर्तन गरेर संसदमार्फत आफ्ना कुरा अघि बढाउन र संविधानमा व्यवस्था भएका आयोगमार्फत पनि समस्या र माग
सम्बोधन गर्दै जान सकिने भनी मधेशवादीलाई सुझाए ।

कालोबजारी
नियन्त्रणका लागि राज्यले आफ्ना संयन्त्र परिचालन गर्नुपर्नेमा जोड दिँदै उनीहरुले त्यसका लागि सबै युवा
सहयोग गर्न तयार रहेको बताए । युवा नेताहरुले उपभोक्तावादी संस्थाहरु तथा सचेत नागरिक कालोबजारीविरुद्ध
खबरदारी गर्न अग्रसर हुनुपर्नेमा समेत जोड दिए ।

आन्दोलनको
राजनीतिक र नाकाबन्दीको कुटनीतिक ढंगले समाधान गरे कालोबजारी आफै नियन्त्रण हुने भन्दै युवा नेताले संकट
समाधानका लागि युवाले देशव्यापी खबरदारी र सशक्त दबाबको अगुवाई गर्नुपर्ने समेत बताएका छन् ।
छलफलमा
एमाले युवा नेता घनश्याम अधिकारी, युवा संघका जिल्ला अध्यक्ष डम्बर गिरी, बाईसीएलका अध्यक्ष कर्मा
पुलामी, नेकपा क्रान्तिकारी माओवादी युवा लिगका अध्यक्ष सीके जवेगू, सदस्य रवीन लिम्बू, संघीय युवा
संघका केन्द्रीय सदस्य सुरेश यादव, जिल्ला अध्यक्ष पाण्डव चौधरीले समस्या समाधानमा सबैपक्ष लचिलो
बन्नुपर्ने बताए । सरकारले आन्दोलनकारीका जायज र नाजायज तथा पूरा गर्न सकिने र नसकिने माग
छुट्याइदिनुपर्ने समेत उनीहरुको भनाइ थियो ।
त्यस्तै तमरा अभियानका संयोजक घनश्याम चौधरी, झापा बचाउ
अभियानका संयोजक टोम राजवंशी, बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, वीरता लेडी जेसीजकी
अध्यक्ष पार्वता विमली लगायतले समस्या समाधानका लागि मुख्य र आन्दोलनरत् दलहरुले साझा धारणा बनाएर अघि
बढ्नुपर्ने बताए । थप संकट मुलुकले थेग्न नसक्ने भन्दै उनीहरुले गम्भीर बन्न सरकारलाई आग्रह गरे

छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र
खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफ्ताव आलम प्रकरणः न्याधीशहरूलाई कालोमोसो दलेका नेताहरूलाई पार्टीको सम्मान बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि हवाई उद्धार गरेर काठमाडौँ पठाइयो बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा फाँसी उत्पीडित समुदायको राजनीतिक, आ‘र्थिक र सामाजिक विकास हुनुपर्छ मधेस प्रदेशसभा बैठक अवरुद्ध पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन एक करोड २५ लाखमा बन्यो वडाको प्रशासकीय भवन सरकारको नयाँ विधेयक: राष्ट्रपति–प्रधानमन्त्रीले उपहार लिन नपाउने, लिए कारबाही हुने देशमा हामीले कति विकास गरेकाछौ भनेर आफ्ना अग्रज र अभिभावकहरूसँग ज्ञान लिन सकिन्छ : उपप्रधानमन्त्री सिंह भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा नासाले ‘अक्सियम मिसन–४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु एयर इन्डिया दुर्घटना : प्रारम्भिक प्रतिवेदनमा इन्धन आपूर्ति बन्द भएको खुलासा गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ