विमलबहादुर विष्ट डोटी । फागुन २, डोटी । यहाँका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र बढेको छ । कैलालीबाट विपीनगर हुँदै डोटीको पुरान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमलबहादुर विष्ट डोटी । फागुन २, डोटी । यहाँका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र बढेको छ । कैलालीबाट विपीनगर हुँदै डोटीको पुरान"/>
2026-09-12 03:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

द्रुत मार्ग खुलेपछि डोटीमा बस्ती विस्तार तीव्र

विमलबहादुर विष्ट डोटी । फागुन २, डोटी । यहाँका विभिन्न ठाउँमा बस्ती विस्तार हुने क्रम तीव्र बढेको छ । कैलालीबाट विपीनगर हुँदै डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने द्रुत मार्ग खुलेपछि बस्ती विस्तारमा वृद्धि भएको हो । शुरुआतीका समयमा सुनसान रहेका यहाँका बस्ती अहिले बाक्लिँदै गएका छन् । 

बस्ती विस्तारसँगै यहाँका विभिन्न क्षेत्रमा बजार विस्तार हुन थालेको छ । बजार विस्तारले घरजग्गाको मूल्य बढेर कारोवार पनि बढ्दै गइरहेको चुरे गाउँपालिका शिवनगरका व्यापारी सुनिल विष्टले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “पहिले यहाँ व्यापार खासै थिएन, अहिले द्रुत मार्ग खेलेपछि जग्गा कारोवारदेखि अन्य व्यापार व्यवसाय पनि राम्रो फष्टाएको छ ।”

द्रुत मार्ग खुलेपछि कैलालीको, हाटखोली, शिवनगर, चिम्चे, निगाली, डोटीको विपीनगर, तेलपरा, घोडीलास, खसरे, निरौली, सेरा, खहडालगायतका दर्जनौं स्थानमा बजार विस्तार भएका छन् भने केही ठाउँमा बजार विस्तारको तयारी भइरहेको स्थानीयवासी बताउँछन् । यसअघि यी गाउँमा जग्गाको कारोवार खासै नहुने गरेको गड्सेराका स्थानीयवासी लालबहादुर कामीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बीच खेत भएर द्रुत मार्ग खुलेको छ, अहिले त यहाँ बजार विस्तारका लागि जग्गा किन्नेको हानथाप छ, जग्गा पनि महँगो हुँदै जान थालेको छ ।” उहाँका अनुसार सडक आसपास क्षेत्रमा जग्गाको मूल्य आकासिएको छ । सडक बनेपछि ग्रामीण भेग दिनहुँ व्यापारिक केन्द्रमा परिणत हुँदै जान थालेका छन् । यहाँका गाउँका जग्गाको मूल्य सदरमुकाम सरह हुन थालेको छ । यहाँका गाउँको बाटोहुँदैे द्रुत मार्ग पुगेपछि पसल, होटलसँगै व्यापारिक कारोवार बढेको स्थानीयवासीको भनाइ छ । 

डोटीका ग्रामीण क्षेत्र व्यापारिक केन्द्र बन्न थालेपछि स्थानीयवासीको जीवनस्तरमा परिवर्तन हुन थालेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ द्रुत मार्ग खुलेपछि यहाँका ग्रामीण क्षेत्र व्यापारी केन्द्र बन्न थालेका छन्, आवश्यक पर्ने सामग्री गाउँमै पाइन थालेपछि ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम आउन करीब करीब बन्द भएका छन् ।” यहाँका विपीनगर, खसरे, निगाली तथा शिवनगर क्षेत्रमा ठूलाठूला पसल तथा होटेल निर्माण भई सञ्चालनमासमेत आउन थालेको स्थानीयवासी बताउछन् । 

पछिल्लो समय ती स्थानमा घर जग्गाको मूल्य अकासिएको छ । द्रुत मागले छोएका सडक आसपासमा धमाधम घर घडेरी निर्माण भइरहेका छन् । यहाँको विपीनगर तथा शिवनगर  क्षेत्रमा विगतमा रु दुई लाखमा पाइने घडेरी दुई वर्षयता तीन गुणाले बढेको स्थानीयवासी बताउँछन् । 

गाउँका जग्गा सस्तोमा बेचेर शहरी क्षेत्रमा गएकासमेत द्रुत मार्ग खुलेपछि पुनःगाउँ फर्कन थालेको बडीकेदार गाउँपालिका–१ विपीनगरका स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा गाउँमा सेवा सुविधा नभएको भन्दै तराई झरेका पनि अहिले द्रुत मार्ग खुलेपछि गाउँ फर्किन थालेका छन्, द्रुत मार्ग चहलपहल बढाएको छ ।” सदरमुकामका प्रतिष्ठित व्यापारीलेसमेत यहाँका विपीनगर तथा शिवनगर क्षेत्रमा लगानी गर्न थालेको बताइएको छ । हावापानी अनुकूल हुनु र गाउँमै यातायात पहुँच पुगेपछि लगानी भित्रिन थालेको स्थानीयवासीको बुझाइ छ । यही कारण पसल, होटेल तथा कृषि फर्म गाउँमै खुल्न थालेको उनीहरु बताउँदछन्  ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ