2026-09-12 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

श्रमिक सम्बन्धविना श्रीपञ्चमी मनाउँदै किसान

फागुन ४, महोत्तरी । आज माघ शुक्लपञ्चमी अर्थात हिन्दू परम्परामा श्रीपञ्चमी पर्व मनाइँदै छ । मुख्य रुपमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आराधना गरिने यो पर्व मिथिलामा भने कैयन अवसरका लागि प्रतिक्षा हुने गरेको छ ।

सरस्वती पूजनोत्सवको अवसरले किसानका खास उत्पादनले बजार पाउने र श्रमिक सम्बन्धन हुने परम्पराले यो कृषि व्यवसायको दृष्टिमा वर्षको पहिलो दिन मानिन्छ । पर्वको अवसरमा बयर, केशोरसहितका आफ्नो उत्पादनको फलले राम्रो बजार पाउने र यसै दिन अघिल्लो एक वर्षको कृषि श्रमिक सम्बन्धन हुने मैथिली परम्पराले किसानका लागि यो खास पर्व बन्ने गरेको हो । 

कृषि श्रमिक र कृषि ज्यावल मर्मत गर्ने लोहार पाइन छाडेपछि यस भेगका किसानका लागि पर्व निराश बन्दै आएको छ । श्रीपञ्चमीका अवसरमा यसपाली कृषि श्रमिक पुज्न नपाइएको चिन्ताले महोत्तरीको बर्दिबास नगरपालिका– १३ विजलपुराका किसान रामसुन्दर ठाकुरलाई छटपटी बढेको छ । वर्षेनी अघिल्लो एक वर्षका लागि कृषि श्रमिक ९हलो जोत्ने, कोदालो खन्ने, घाँस÷दाउरा गर्ने, गाईबस्तु चराउने र हेरचाह गर्नेसहितका कामका लागि० श्रीपञ्चमीकै दिन टुङ्गो गर्ने चलन छ । यस दिन किसानले आपसी सहमतिमा एक वर्षका लागि टुङ्गो भएका श्रमिकलाई नयाँ बस्त्र पहि¥याएर अबीरको टीका लगाई पुजन गर्दै मिष्टान्न भोजन गराएर दक्षिणा दिएपछि श्रमिक बरण पक्का हुन्छ ।

यसपालि यस्तो श्रमिक नपाएपछि वरण गर्न नपाएको चिन्तामा ठाकुरको छटपटी बढेको हो । “कति दिन कति जना ९कृषि श्रमिक० खोजे, छिमेकका बस्ती पनि चाहारे, काम गर्ने मान्छे भेट्टाइन”, ठाकुरले लामो सुस्केरा हाल्दै भन्नुभयो, “अब खेतीपाती गरेर गुजारा चलाउने दिन गए, खै के गर्ने हो रु”, महोत्तरीसहितका मिथिला क्षेत्रमा वसन्तपञ्चमीसमेत भनिने श्रीपञ्चमीका दिन कृषि कार्यका लागि अघिल्लो एक वर्षका लागि  कृषि श्रमिक र कृषि ज्यावल ९हलो ठोक्ने, कुटो कोदालोे र हसिया, कँचिया उध्याउने र बिँड ठोक्ने० मर्मत गर्ने लोहार ९यस्तो काम गर्ने मिथिलाका जाति विशेष० को टुङ्गो गरेर पुज्ने ९वरण गर्ने० परम्परा भए पनि अब गाउँ÷नगर, बस्तीमा यी कामका मान्छे पाइन छाडेपछि ठाकुरसहितका किसानको चिन्ता बढेको  हो । 

जिल्लाका गाउँ–नगर बस्तीमा कृषि कार्यका लागि कहलिएका मुसहर युवा रोजगारका लागि भारतको पञ्जाव, हरियाणा र अन्य समुदायका युवा अरबका देशमा गएपछि गाउँ नगरबस्ती युवाबिहीन बनेका छन् । काम गर्ने उमेरका युवा गाउँ बस्तीमा नरहेपछि श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न नपाइएको बर्दिबास–९ पशुपतिनगरका ६० वर्षीय किसान महेन्द्र महतो बताउनुहुन्छ ।

“एक महिनादेखि आफ्नै र वरिपरीका बस्तीमा जनको खोजी गरेँ”, महतोले दिक्दारिँदै भन्नुभयो, “तर कहीँ भेटिएनन्, कामकाजी उमेरका सबै युवा विदेशिए । अब खेती गरेर खाइएला भन्ने आश म¥यो ।”पछिल्लो एक दशकयता गाउँगाउँबाट कामकाजी उमेरका युवा रोजगारीका लागि विदेश जान थालेपछि खेतीपातीको काम निकैपछि धकेलिएको यस भेगका किसानको भनाइ छ । 

कृषि कार्यका श्रमिक नपाइएपछि बिघौंबिघा खेतबारी बाँझै बस्न थालेका छन् । यसपाली त श्रमिक नपाएको चिन्ता मात्र नभइ अधिकमासको प्रभावले पर्व पछि धकेलिँदा बयर पहिले नै रुखबाट झरेका र केशोर माटोमुनी नै बिग्रिएको किसान बताउँछन् । श्रीपञ्चमी पर्वको  सरस्वती पूजामा बयर ९रुखमा फल्ने फल विशेष० र केशोर ९माटो मुनी फल्ने फलविशेष० प्रसाद बनाउने चलनले यी दुबै फलको निकै महत्व हुन्छ । यसपाली पर्व आउनुपूर्व नै बयर माघ ९सौरमासको गणनाको० मै झरिसकेको र केशोर पर्व पर्खदा पर्खदै माटो मुनिनै सड्ने, कालो कत्ला हुन थालेर बिग्रेपछि किसानले मनमाफिकको आर्जन गर्न नपाइएको बताएका छन् ।   

खासगरी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आराधना गरिने यस पर्वलाई कृषि पर्वका रुपमा मनाइने मिथिला परम्परामा अब श्रमिक भेटाइन छाडेपछि  नानीहरुलाई अक्षराम्भ गराएर मनाउनेमा मात्र सीमित हुँदै गएको जिल्लाका बुद्धिजीवी बताउँछन् । यस पर्वमा किसानले कृषि ज्यावललाई धोइपखाली पूजा पनि गर्दछन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास रहिआएको छ । यद्यपि मान्छेको अभावमा यस्ता ज्यावल प्रयोग हुन छाडेपछि यो चलन पनि हराउँदै गएको पाका मैथिल बताउँछन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह