साउन २२, कञ्चनपुर । स्थानिय तह पूर्नसंरचना आयोगले कञ्चनपुरमा आठ मात्रै स्थानिय निकाय राख्ने सकिने प्रतिवेदन सार्वजनिक गरेपछि, जिल्लामा तरङ मच्चिएको छ ।

 जनमोर्चा लगायतका केही दलहरुले त, जनता संग छलफल नै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २२, कञ्चनपुर । स्थानिय तह पूर्नसंरचना आयोगले कञ्चनपुरमा आठ मात्रै स्थानिय निकाय राख्ने सकिने प्रतिवेदन सार्वजनिक गरेपछि, जिल्लामा तरङ मच्चिएको छ ।

 जनमोर्चा लगायतका केही दलहरुले त, जनता संग छलफल नै"/>

२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीलाई छुट्टै गाँउपालिकाको माग राख्दै बस्ती भेटघाट तिव्र

२०७३, २२ श्रावण शनिबार ०६:२०

साउन २२, कञ्चनपुर । स्थानिय तह पूर्नसंरचना आयोगले कञ्चनपुरमा आठ मात्रै स्थानिय निकाय राख्ने सकिने प्रतिवेदन सार्वजनिक गरेपछि, जिल्लामा तरङ मच्चिएको छ ।

 जनमोर्चा लगायतका केही दलहरुले त, जनता संग छलफल नै नगरि हजुवाको भरमा ल्याएको प्रतिवेदनले जनता लडाउने काम गरेको भन्दै आयोगको ध्यानाकर्षण गरेको छ । भने अन्य दलहरु पनि आयोगको कामप्रति खासै सन्तृष्ट छैनन् । 

यसै सन्र्दभमा कञ्चनपुरमा बेलौरी र भीमदत्त नगरपालिका मात्रै नगरपालिका र अरु गाँउ पालिका बन्न सक्ने जनसंख्याले आधार निर्धारण गरेका बेला बेदकोट नगरपालिकालाई भीमदत्तमा मिलाए उप महानगरपालिका बनाउने प्रस्तावको स्वयम बेदकोटकै राजनीतिक दलहरुले बिरोध गर्दै बेदकोट नै कायम राख्नुपर्ने माग अघि सारेका छन् । 

यस्तै आयोगको प्रतिवेदन अनुसार दोधारा–चाँदनी समेत गाँउ पालिका बन्न सक्ने आधार नभएका बेला महाकाली पारी भएकाले अपवाद मान्दै छुट्टै स्थानिय निकायको माग गरिएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेल्डाँडी नगरपालिका जनसंख्याका आधारमा गाँउपालिका र नगरपालिका बन्ने छैन् । 

तसर्थ अब उक्त नगरपालिकालाई कुन स्थानिय निकायमा समायोजन हुने या छुट्टै गाँउ पालिका बनाउने भन्ने अन्यौता छाएको छ । त्यहाँ रहेका दलहरु समेत अन्यौलमा परेका छन् । कसैले रामपुरविलासपुरका केही वडा मिलान गरेर गाँउ पालिका भन्दै छन्, भने कसैले बेलौरीमा समायोजन हुनुपर्नेमा जोडदार माग गरेका छन् । यस अघि बेल्डाँडी नागरिक मञ्चका पदाधिकारीहरुले भने बेदकोट सित मिल्नुपर्ने बताएका थिए । तर, बेल्डाँडीका सचेत युवाहरुले भने बेल्डाँडीलाई बेल्डाँडी गाँउ पालिका र बेलौरीसंग समाहित हुनुपर्ने माग राख्दै बस्तीभेटघाट गरिरहेका छन् । भूगोलको हिसाबले पनि बेल्डाँडीलाई छुट्टै विकासका लागि गाँउ पालिका बनाईनुपर्ने युवाहरुको पहिलो प्राथामिकता परेको छ । 

बेल्डाँडीका सचेत युवा एकेन्द्र शाहले बेल्डाँडीलाई रामपुरका केही वडाहरु मिलान गरेर बेल्डाँडी छुट्टै गाँउपालिका बनाउनका लागि आम जनसमुदायसंग छलफल र सुझाव संकलन शुरु गरेको बताउनुभयो । उहाँका अनुुसार शनिबार देखि राजनीतिक दल, नागरिक समाज, अगुवा, शिक्षक, बुद्धिजिवी लगायत सर्वसाधारणहरुसित छलफल गरिरहेको बताए । 

बेल्डाँडी बेदकोट संग मिल्दा बेल्डाँडीका दलहरुको समेत अस्थित्व संकटमा पर्नुका साथै भौगोलिक रुपमा जतालाई समस्या हुने बताए । तसर्थ बेल्डाँडीलाई पहिलो प्राथामिकतामा रामपुरका वडाहरु मिलाएर छुट्टै गाँउपालिका बनाउनुर्नेमा जोडदिएका छन् । 

छुट्टै गाँउ पालिका बन्ने आधार नभए बेलौरीमा समाहित हुनुपर्नेमा उनको भनाई छ । यस्तै बेल्डाँडीकै अर्का युवा लोक बहादुर बलायरले बेल्डाँडीको ऐतिहासिक पहिचान भएकाले सर्वप्रथम बेल्डाँडी अलगै गाँउ पालिका बनाउनुपर्नेमा जोडदार माग गरेका छन् । यदी बेल्डाँडी छुट्टै गाँउपालिका नबने बेलौरीसंग समाहित भएर बेल्डाँडी विषेश भौगोलिक स्वयत्त क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । बेल्डाँडीका युवा मदन भट्टले छुन्छ, भने बेल्डाँडीलाई छुट्टै गाँउपालिका बनाउनुपर्नेमा जोडदिएका छन् ।

 जनतालाई सुविधा जहाँ बाट हुन्छ, त्यही काम जनताले गर्नुपर्नेमा जोड दिए । बेल्डाँडीका अर्का युवा सुरेन्द्र बहादुर देउवाले बेल्डाँडीलाई छुट्टै बनाउनुपर्नेमा एकमत जनाउदै बेलौरीमा समाहित भएपछि बेलौरी नगरपालिका कार्यालय कलकत्तामा राख्नुपर्नेमा विषेश जोडदिएका छन्  । ‘सबै भूगोल समेट्ने सबै जनताको विच केन्द्र कलकत्ता हो ।’ उनले भने ‘अब कलकत्तामा केन्द्र बनाउनुपर्छ ।’ बेल्डाँडीका स्थानियहरुले वैज्ञानिक तथा जनताको आवश्यकता, भावना अनुसार काम गर्न समेत आयोगलाई सुझाव दिएका छन् । 

जनताको आवश्यकता, भावना लत्याएर एकलैटी ढङबाट काम गरे कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् । स्थानिय तह पूर्नसंरचना आयोग जिल्ला प्राविधिक सहयोग समितिका संयोजक मोहन प्रशाद पौडेलले स्थानिय दलका प्रतिनिधीहरुले गरेको सहमती आफुले केन्द्रमा पठाउने बताउनुभयो । 

‘दलका प्रतिनिधीहरुले आयोगको मापदण्ड अनुसार गरेको निर्णय मैले केन्द्र पठाउने हो ।’ उनले भने ‘कुनै क्षेत्र विषय विवादमा परे विवाद देखाएर आयोगलाई जानकारी गराईन्छ ।’ आयोगले देशमा ५६५ मात्रै स्थानिय निकाय बनाउने प्रतिवेदन अघि सारेपछि दलका नेताहरु संकटमा पर्ने निश्चित छ । सानो क्षेत्रमा हालिमुहाली गर्दै आएका केही नेताहरुको अस्थित्व नै संकटमा पर्ने खतरा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो