2026-06-12

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

आयोग बनाएर प्रदेशको सीमांकन सहमतिको उपयुक्त विन्दु

jhapa newsमङ्सिर २६, बिर्तामोड । झापाका सांसद, सत्तापक्षीय राजनीतिक दलका केन्द्रीय
नेता तथा जिल्ला नेताले संघीय आयोग बनाएर प्रदेशको सीमांकन विवाद हल गर्नु सहमतिको उपयुक्त विन्दु हुने
बताएका छन् ।

तराई–मधेशमा जारी आन्दोलन र सीमांकनको विवादमा
सहमतिको विन्दु पहिल्याउँदै संविधान कार्यान्वयन गर्नुपर्ने अहिलेको आवश्यकता बारे चर्चा गर्दै संवाद
समूह झापाको सचिवालय बिर्तामोडमा आज शनिवार भएको छलफलमा उनीहरुले त्यस्तो बताएका हुन् ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्दै मधेशी मोर्चाको माग
अनुसार समानुपातिक प्रतिनिधित्व र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा सहमति गरी
सीमांकन भने आयोगमार्फत ३/४ महिनाभित्र टुंग्याउनु उपयुक्त हुने उनीहरुको सुझाव छ । त्यसो गर्दा
आन्दोलनकारीको माग सम्बोधन भई मुलुकले निकास पाउने भन्दै उनीहरुले दक्ष प्राविधिक र दलका
प्रतिनिधिसहितको आयोग बनाउनुपर्नेमा जोड दिए ।

सीमांकन हेरफेर गर्दैमा तराई मधेशका जनता अधिकार
सम्पन्न हुन नसक्ने भन्दै उनीहरुले सीमांकन भन्दा अधिकारको सवाल मुख्य रहेको बताए । सीमांकन विवादमा
नअल्झन समेत उनीहरुले आन्दोलनरत् पक्षलाई आग्रह गरेका छन ।

कांग्रेस
नेता तथा सांसद सुधिरकुमार शिवाकोटी, एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद रवीन कोइराला, राप्रपा
नेपालका महामन्त्री राजेन्द्र लिङ्देन, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, एकीकृत माओवादीका
उपाध्यक्ष राजु आचार्य अग्निले जनमतको कदर गर्नुपर्नेमा जोड दिँदै संविधान परिवर्तनशील रहेकाले छुटेका
सबैका अधिकार समेट्दै जाने सकिने बताए ।

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धीरेन
लावती, सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेश र संघीय लिम्बुवान राज्य परिषद्का जिल्ला अध्यक्ष
धनबहादुर पन्धाक सुब्बाले अहिलेको आन्दोलन अधिकारको लागि भएको बताए ।

उनीहरुले अन्तरिम संविधानलाई आधार मानेर संविधान परिमार्जन गर्नुपर्ने र उत्पीडित वर्गलाई
अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । अधिकार र सीमांकनका कुरासँगै टुंग्याउनुपर्ने बताए पनि उनीहरुले
समस्याको निकास बार्ताबाटै हुनुपर्ने र बार्तामा दुबै पक्षलाई लचकताका साथ प्रस्तुत हुन आग्रह गरे

कोचिला समुदायका युवा नेता टोम राजवंशी र कोचिला गाभुर
फ्रन्टका अध्यक्ष खगेन राजवंशीले झापा, मोरङ, सुनसरीलाई कता राख्ने विवाद हल गर्न तीन जिल्लासहित
सिराहा, सप्तरी, उदयपुर गरी ६ जिल्लाको छुट्टै प्रदेश बनाउनुपर्ने समेत सुझाव दिए ।

त्यसरी ६ जिल्लाको प्रदेश बनाउँदा नाम जे राखेपनि हुने उनीहरुको धारणा थियो ।
छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले