पढ्न करिब 1 मिनेट लाग्छ

साउन २२, तनहुँ । सडक पार गर्ने क्रममा शनिबार बिहान भ्यानको ठक्करबाट तनहुँमा एक बालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा छिमेकी जिल्ला गोरखाको पालुङटार नगरपालिका– ३ च्याङ्ली निवासी वर्ष ६ का सुमन चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको वा११ च ९६८२ नं सिङ्गल क्याप भ्यानले तनहुँको बन्दिपुर नगरपालिका– ६ विमलनगरस्थित पृथ्वीराजमार्गमा ठक्कँर दिँदा सो दुर्घटना भएको हो ।

उक्त भ्यानमा सवार सिन्धुपाल्चोक जिल्ला चौतारा गाविस– ६ बस्ने वर्ष ४२ का केदार शर्मा घाइते भएकोले डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त भ्यानको ठक्करबाट सख्त घाइते भएका बालक चेपाङको उपचारको लागि दमौली अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो ।

मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । उक्त भ्यान र चालक इलाका प्रहरी कार्यालय डुम्रेको नियन्त्रणमा रहेको बताइएको छ । रासस