2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बिर्तामोडमा व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक दुई दिने प्रशिक्षण शुरु

पुस ४, झापा । नेपाल पत्रकार महासंघ झापाको आयोजना र जिल्ला विकास समितिको
सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक दुई दिने प्रशिक्षण आज शनिवारबाट
बिर्तामोडमा शुरु भएको छ ।

अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा
भएको प्रशिक्षणको प्रमुख अतिथि महासंघका पूर्वाञ्चल संयोजक गणेश पोखरेलले उद्घाटन गरे ।
झापाका
क्रियाशील महिला, दलित, आदिवासी, जनजाति, मधेसी तथा अन्य समुदायका गरी ४० बढी पत्रकारको प्रशिक्षणमा
सहभागिता रहेको महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । बरिष्ठ पत्रकार एवम् प्राध्यापक टंक
उप्रेतीले प्रशिक्षणको सहजीकरण गरिरहेका छन् ।

उद्घाटन समारोहमा प्रेस चौतारीका अध्यक्ष गोपाल
काफ्ले, फोनिजका अध्यक्ष गणेशमान मुखिया, नेवा पत्रकारका अध्यक्ष अमृतलाल श्रेष्ठले शुभकामना मन्तव्य
राखेका थिए । महासंघका उपाध्यक्ष तारामणि सापकोटाले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको
सञ्चालन सचिव गिरीले गरेका थिए ।

समारोहमा क्रान्तिकारी पत्रकार संघका अध्यक्ष टीकाराम उप्रेती,
नारी सञ्चार गृहकी अध्यक्ष सावित्रा दाहाल लगायतको आतिथ्य थियो ।
सहभागी वक्ताले दक्षता नभएको र आचार
संहिताको पालना नगरेकै कारण पत्रकारहरु असुरक्षित र आक्रमणको शिकार बन्दै गएको बताए । लेख्न र
पत्रकारिता गर्न नजानेरै पत्रकार सुरक्षामा चुनौति खडा भएको भन्दै उनीहरुले सीप हासिल गरेर व्यवसायिक
पत्रकारितामा अग्रसर हुनुपर्ने बताए । प्रशिक्षण आइतवार समापन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई