२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

दुर्गमका कर्मचारीका दुःख : ‘बाटैमा मरिन्छ कि भन्दै सेवा गर्नुपर्छ’

१८ फाल्गुन २०७७, मंगलवार ०५:१७

फागुन १८, जाजरकोट । फागुन महिना शुरु हुँदै गर्दा सबैलाई तातो मौसमको शुरुआत भएको अनुभूति हुने गर्छ । निम्न तथा गरिब परिवारका स्थानीयवासीको घरमा एकखालको खुशी नै आउने गर्दछ । चिसो मौसम सबैका लागि उस्तै खालको भए पनि हुनेखाने र आर्थिकरूपमा पछि परेकाहरूको जीवनशैलीमा भने फरक पर्दै आएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा बस्ने स्थानीयवासीलाई भने चिसो र गर्मी मौसम दुवै खास थाहा नहुने गरेको छ । छ महिनाभन्दा बढी समय हिमपातका कारण एक गाउँबाट अर्को गाउँमा जानसमेत प्राकृतिक नाकाबन्दी हुने ठाउँमा चिसो र तातो मौसम कस्तो हुन्छ भन्ने अनुभूति गर्न खासै नपाउने गरेको शे–फोक्सुण्डो गाउँपालिका डोल्पाका प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताउनुभयो ।

चिसो मौसममा ज्यान जोगाउन सदरमुकाम दुनैलगायतका ठाउँमा आफ्नो थातथलो छाडेर अधिकांश मानिस आउने गर्छन् । जब तातो मौसम शुरु हुन्छ (हिउँ पग्लिन्छ), अनि सर्वसाधारण आफ्नो थातथलोमा फर्किने गरेको अधिकृत न्यौपानेको भनाइ छ । केही स्थानीयवासी सोही हिमपात र प्राकृतिक नाकाबन्दीको बीचमै थातथलो नछाड्ने भएकाले सरकारी सेवा पुर्याउनका लागि भए पनि दुई दिन पैदल र दुई दिन हिँडेर कार्यक्षेत्रमा जानुपर्ने बाध्यता रहेको न्यौपानेले पीडा सुनाउनुभयो ।

“जनताको काम हो, जान्न भन्न कहाँ पाइयो र ?”, उहाँले भन्नुभयो । उपल्लो डोल्पाका अधिकांश सरकारीले कार्यालयका कर्मचारी उपल्लो डोल्पामा विकास निर्माणका काम गर्न निकै मुस्किल भएको बताउँदै आएका छन् । जानु मात्र ठूलो कुरा नभएको बताउँदै उनीहरू खाना, आवासको व्यवस्थापन अर्को चुनौती भएको पीडा सुनाउँछन् ।

कर्णालीका हुम्ला र मुगुमा समेत यही समस्या हुँदै आएको छ । बिरामी हुँदा उपचार गर्ने स्वास्थ्य संस्थासमेत नहुँदा ज्यान अचानोमा राखेर सेवा प्रवाह गरिरहेको जस्तो अनुभूति हुने  कर्मचारी बताउँछन् । अक्सिजन अभावका साथै आवश्यक बन्दोबस्तीका सामग्री लैजानसमेत मुस्किल हुँदा सेवा प्रवाह निकै खर्चिलो हुँदै आएको छ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएको र भाषासमेत नबुझ्दा काम गर्न मुस्किल हुने कर्मचारी बताउँछन् ।

सदरमुकाम दुनैमा रु एक हजार ९०० मा पाइने एक बोरा (२५ केजी) चामल उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका प्रशासकीय केन्द्र सालदाङमा रु पाँच हजार मूल्य पर्दछ । गाउँपालिकाको केन्द्रमा बत्ती नहुँदा काम गर्न मुस्किल हुँदै आएको कर्मचारी बताउँछन् । फोन, इन्टरनेट त धेरै ठूलो कुरा भएको अधिकृत न्यौपानेले बताउनुभयो । मौसम छिनछिनमै परिवर्तन हुँदा कतिखेर के हुन्छ थाहा नहुने उहाँले जानकारी दिनुभयो । एक वडाबाट अर्को वडामा जानका लागि मात्र दुई दिन बढी लाग्ने भएकाले सेवा दिनसमेत मुस्किल मात्र होइन, कहाँ के भइरहेको छ भन्ने सूचनासमेत सजिलै दिन र लिन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

सदरमुकाम दुनैबाट उपल्लो डोल्पा जाँदा घरका आफन्तसँग फोनमा ‘म प्रशासकीय केन्द्रतर्फ जाँदैछु’ भनेर खबर गर्दैगर्दा मनमनै अबको चार दिनसम्म के हुने हो भन्ने चिन्ताले मुटु ढुकढुक हुने गरेको पीडा न्यौपाने सुनाउनुहुन्छ । बाटोमा फोनले काम नगर्ने भएकाले बीचबाटोमै बिरामी भएमा उपचार नै नपाएर धेरैको अकालमै ज्यान गएको तीतो यथार्थ सम्झँदै उहाँले पीडा सुनाउनुभयो । 

बाटोमा बस्ने बासदेखि उपचार गर्ने स्वास्थ्य संस्था नहुँदा भगवान् भरोसामा यात्रा गर्नुपर्ने पर्ने पीडा यहाँका कर्मचारीदेखि सर्वसाधारणसम्मलाई हुँदै आएको छ । शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र पुगेपछि मात्र टेलिफोनको पहुँचमा पुग्ने अवस्था रहन्छ । न्यौपानेले भन्नुभयो, “त्यो पनि एकपटक १५ जनाभन्दा बढीले फोन गर्न नमिल्ने अवस्था छ । एक दिनमा खाना खाएको मात्र रु ९०० खर्च हुन्छ, नास्ता खाँदा त झन् धेरै हिसाब आउने गरेको छ ।”

कात्तिकदेखि हिमपात शुरु हुन्छ भने फागुनको अन्तिममा हिमपात बन्द हुन्छ । विकास निर्माणको काम गर्दा सिमेन्ट, बालुवा ढुङ्गासमेत चौँरीमा बोकाएर लिँदा भारी खर्च हुने गरेको छ । सामानको मूल्यभन्दा ढुवानी भाडा बढी खर्च हुँदा हैरान हुने गरेको छ । भौतिक पूर्वाधारको काम गर्नका लागि आवश्यक पर्ने काठ निकुञ्जको अनुमति भएपछि मात्र पाइन्छ । 

त्यस्तै कम पीडा छैन डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्ज्ञानीलाई पनि । सुविधासम्पन्न ठाउँमा बसेको आफूलाई दुर्गमको पनि अनुभव र सेवा लिनका लागि आफैँ रोजेर डोल्पा आएको बताउने पङ्ज्ञानी विकासमा राज्यको स्रोतसाधन समानुपातिकरूपमा वितरण नहुँदा पिछडिएका जिल्ला विकासको मूल प्रवाहमा आउन समय लागेको बताउनुहुन्छ । फोन गर्नसमेत निश्चित ठाउँ तथा अग्ला डाँडामा जानुपर्ने त्यो पनि पालो पर्खनुपर्ने पीडाको बीचबाट उपल्लो डोल्पाका सर्वसाधारणले हैरानी खेपेको यथार्थ उहाँले बताउनुभयो ।

सर्वसाधारण बिरामी हुँदा हेलिकोप्टरमा उद्धारबाहेक अन्य उपाय नभएको गौतमको भनाइ छ । हुनेखाने मानिस हेलिकोप्टरमार्फत उद्धार गरी उपचार गर्छन् तर गरिबहरू भने मृत्यु कुरेर बस्नुपर्ने बाध्यता छ । डोल्पोबुद्ध गाउँपालिकाका स्थानीयवासी शुद्ध पानी पिउनसमेत समय हेरेर पानी जम्मा गर्नुपर्ने पीडामा छन् । “ताक्सी, धोलगायतका ठाउँमा धमिलो पानी सफा हुन समय लाग्ने भएकाले समय हेरेर पानी जम्मा गर्नुपर्ने हुन्छ”, पङ्ज्ञानीले स्थानीयवासीको खास समस्या बताउनुभयो ।

उहाँले भन्नुभयो, “विकास गर्न मुस्किल छ, राज्यको स्रोत परिचालन समानुपातिक मात्र होइन, भूगोलअनुसार हुनुपर्छ,  कर्मचारीलाई दिने भत्तासमेत सदरमुकाम दुनै र उपल्लो डोल्पामा एउटै भएर कहाँ हुन्छ ? विकासका लागि बजेट पुग्दैन, जनता बजेट थप माग्न आउँछन्, स्थानीय तहमा स्रोत छैन, कसरी दिनु ?” उहाँले भन्नुभयो । साना–साना गाउँ, छरिएर रहेका बस्तीका कारण विकास गर्न मुस्किल भएको जनप्रतिनिधि बताउँछन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य