१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

साग बेचेर कापि कलम जुटाउदै

१८ फाल्गुन २०७७, मंगलवार ०६:०२

दान बहादुर बुढा । फागुन १८ मुगु ।  मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं ५ मा जन्मनु भएकी श्रृष्टी कार्की हिजो आज आफ्नो पढाई खर्च जुटाउनको लागी साग बेचेर कापि कलम जुटाउर्ने गरेकी छन ।

जन्मेको गाँउमा नजिकै रहेको श्री नेपाल राष्ट्यि आधारभुत विद्यालयकि कक्षा ७ मा अध्यनरत छात्रा श्रृष्टि कार्की आफ्नो पढाई खर्च लाई जुटाउन विहान बेलुका पख सदरमुकाम गमगढी बजार धाउने गरेकि छन् । घरमा आर्थिक अवस्था कमजोर भएको र घरमा पनि पढाई खर्च जुटाउने अन्य कुनै स्रोत नदेखे पछि आफैले उत्पादन गरेको तरकारी साग, धनिया लगायत दर्जनौ प्रकारका तरकारी बेचेरै पढाई खर्च जुटाउर्ने गरेका कार्कीले बताइन ।  

'म विहान ६ बजे देखि ९ बजे सम्म र बेलुका ५ बजे देखि ६ सम्म प्रत्येक दिन तरकारी बेच्नै तिरै समय दिने गरेको छु । आफुले यति समय नदिऊ भने मेरो पढाई खर्च आउदैन' उनले भनिन , 'यो साग बेचे पछि एक मुठाको ५ देखि १० रुपैयाका दरले बजारमा बिक्री गर्ने गरेको छु । एक डोका बाट करिब १ सय देखि ५ सय सम्म मात्र कमाई हुन्छ ।' साग बेचेरै आफुले पठनपाठनमा र लुगा र अन्य घर खर्च चलाउनमा  ठुलो सहयोग मिलेको कार्किले आफ्नो अनुभव सुनाइन ।    

घरमा बुवा आमा बुढा हुनुहुन्छ कमाउने मान्छे पनि कोही छैनन् । जसो तसो भए पनि विगत देखि हाँल सम्म यसरीनै पढाई खर्च टार्दे आईरहेको बताईन । उनले थपिन शनिवारको दिनमा सरसफाई गर्ने , विद्यालयमा दिएका गृहकार्य गर्ने र साथीहरु सँग खेल्ने कुरा त परै जावस बढि समय तरकारी तिर र बचेको समय पठन पाठनमा प्रयोग हुर्ने गरेको पनि बताईन यी श्रृष्टि एक मात्र नमुना हुन मुगु जिल्लाको सदरमुकाम गमगढी बजार नजिकै रहेका दर्जनै बस्ती का बालबालिकालाई  खेल्नको चिन्ता होईनकि कापि कलम कसरी जुटाउने र पढ्ने लेख्ने भन्ने चिन्ताले बढि पिरोल्ने गरेको सोही विद्यालयमा शिक्षक जनक बहादुर रावलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी