२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

साग बेचेर कापि कलम जुटाउदै

२०७७, १८ फाल्गुन मंगलवार ०६:०२

दान बहादुर बुढा । फागुन १८ मुगु ।  मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं ५ मा जन्मनु भएकी श्रृष्टी कार्की हिजो आज आफ्नो पढाई खर्च जुटाउनको लागी साग बेचेर कापि कलम जुटाउर्ने गरेकी छन ।

जन्मेको गाँउमा नजिकै रहेको श्री नेपाल राष्ट्यि आधारभुत विद्यालयकि कक्षा ७ मा अध्यनरत छात्रा श्रृष्टि कार्की आफ्नो पढाई खर्च लाई जुटाउन विहान बेलुका पख सदरमुकाम गमगढी बजार धाउने गरेकि छन् । घरमा आर्थिक अवस्था कमजोर भएको र घरमा पनि पढाई खर्च जुटाउने अन्य कुनै स्रोत नदेखे पछि आफैले उत्पादन गरेको तरकारी साग, धनिया लगायत दर्जनौ प्रकारका तरकारी बेचेरै पढाई खर्च जुटाउर्ने गरेका कार्कीले बताइन ।  

'म विहान ६ बजे देखि ९ बजे सम्म र बेलुका ५ बजे देखि ६ सम्म प्रत्येक दिन तरकारी बेच्नै तिरै समय दिने गरेको छु । आफुले यति समय नदिऊ भने मेरो पढाई खर्च आउदैन' उनले भनिन , 'यो साग बेचे पछि एक मुठाको ५ देखि १० रुपैयाका दरले बजारमा बिक्री गर्ने गरेको छु । एक डोका बाट करिब १ सय देखि ५ सय सम्म मात्र कमाई हुन्छ ।' साग बेचेरै आफुले पठनपाठनमा र लुगा र अन्य घर खर्च चलाउनमा  ठुलो सहयोग मिलेको कार्किले आफ्नो अनुभव सुनाइन ।    

घरमा बुवा आमा बुढा हुनुहुन्छ कमाउने मान्छे पनि कोही छैनन् । जसो तसो भए पनि विगत देखि हाँल सम्म यसरीनै पढाई खर्च टार्दे आईरहेको बताईन । उनले थपिन शनिवारको दिनमा सरसफाई गर्ने , विद्यालयमा दिएका गृहकार्य गर्ने र साथीहरु सँग खेल्ने कुरा त परै जावस बढि समय तरकारी तिर र बचेको समय पठन पाठनमा प्रयोग हुर्ने गरेको पनि बताईन यी श्रृष्टि एक मात्र नमुना हुन मुगु जिल्लाको सदरमुकाम गमगढी बजार नजिकै रहेका दर्जनै बस्ती का बालबालिकालाई  खेल्नको चिन्ता होईनकि कापि कलम कसरी जुटाउने र पढ्ने लेख्ने भन्ने चिन्ताले बढि पिरोल्ने गरेको सोही विद्यालयमा शिक्षक जनक बहादुर रावलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !