१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा सडक दुर्घटना हुँदा दुईको मृत्यु

१८ फाल्गुन २०७७, मंगलवार ०६:१७

फागुन १८, बाँके । बाँकेको कोहलपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दुर्घटनामा परी घाइते हुनुभएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था गम्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घाइतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस चालक फरार रहेका छन् ।

बाँकेकै राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा गएराति ना८च ५४५६ नं को टिपरले सडकमा गुडिरहेका दुई मोटरसाइकललाई ठक्कर दिँदा राप्तीसोनारी गाउँपालिका– ५ बस्ने २५ वर्षीय ढकबहादुर खड्काको मृत्यु भएको छ । 

दुर्घटनामा मृतकका दाजु ३५ वर्षीय मानबहादुर खड्का गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार, टिपरले मृतक खड्का सवार भे८प ३७९५ नं को मोटरसाइकल र भे५प ३८८९ नं को मोटरसाइकललाई एकैपटक ठक्कर दिएको थियो । दुर्घटनामा ५१ वर्षीय सञ्जय चन्द घाइते हुनुभएको छ । दुई मोटरसाइकललाई ठक्कर दिएर फरार भएको टिपर र चालकलाई गएरातिनै नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको उपरीक्षक खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी