२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

२०७७, १८ फाल्गुन मंगलवार १०:३८

फागुन १८, कर्णाली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो । 

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय सङ्क्रमित रहेको जनाएको छ । हालसम्म सुर्खेतमा तीन हजार २६५ जनामा सङ्क्रमण पुष्टि भएको छ । दैलेखमा एक हजार ६८५, सल्यानमा ६९३, जुम्लामा ४२३, कालीकोटमा ३३३, रुकुम पश्चिममा २५७, जाजरकोटमा १५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा सङ्क्रमण देखिएको थियो । 

अन्य प्रदेशका ५९८ तथा भारतका पाँच जनामा पनि कर्णालीमै कोरोना पुष्टि भएको थियो । प्रदेशमा हालसम्म सात हजार ५५४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये सात हजार ३८१ सङ्क्रमणमुक्त भएका हुन् । कर्णालीमा सङ्क्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ । त्यस्तै, कर्णालीमा कोरोना भाइरसविरुद्धको २६ हजार ९९० जनाले खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !