५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुँदै

१९ फाल्गुन २०७७, बुधबार ०६:०२

फागुन १९,  तनहुँ । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो ।  

देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो । तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।

गाउँपालिकाले नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र बाल विकास केन्द्रलाई भाँडाबर्तन वितरण  तथा ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वस्थ दाँत प्रतियोगिता एवं दन्त शिविरसमेत आयोजना गर्दैछ ।

म्याग्देमा छात्रा फुटबल प्रतियोगिता हुने

नारी दिवसका अवसरमा म्याग्दे गाउँपालिकाले माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

यही फागुन २२ र २३ गते राधा माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल आयोजना गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा ६ सामुदायिक र तीन निजी विद्यालयका छात्रा सहभागी हुनेछन् । 

चौंरीदेउरालीमा अध्यक्ष कप फुटबल फागुन २८  देखि


 काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिकामा ‘अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता–२०७७’ हुने भएको छ ।  चालु आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमानुसार फागुन २८ गतेदेखि चैत १ गतेसम्म प्रतियोगिता गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष विनोद घिसिङले बताउनुभयो ।

प्रतियोगितामा प्रत्येक वडाबाट सहभागी हुने छन् । यस पटकको फुटबल प्रतियोगिता वडा नं ३,  माझीफेदा खेलमैदानमा हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा प्रत्येक वडाबाट खेलाडी सङ्ख्या, अतिरिक्त र अधिकृतसहित १३ जना सहभागी हुने प्रमुख प्रशासकीय अधिकृत महान्दास लामाले बताउनुभयो ।

उहाँका अनुसार यस पटक प्रतियोगितामा पहिलो हुनेले रु एक लाख पुरस्कार प्राप्त गर्नुहुनेछ । दोस्रो हुनेले रु ५० हजार र  तेस्रो हुनेले रु २५ हजार पुरस्कार पाउनुहुनेछ । प्रतियोगिता एन्फाको प्रतिनिधिको विशेष उपस्थितिमा र जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ