२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हरिपुरका सबै वडाबाट स्वास्थ्य सेवा

२०७७, १९ फाल्गुन बुधबार ०६:५८

फागुन १९, सर्लाही । स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको सर्लाही हरिपुर नगरपालिकाले नगरका नौवटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरवासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँगाउँमा नै पु¥याउने उद्देश्यले सङ्घीय सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको नगरप्रमुख जमरुद्दिन मन्सुरले बताउनुभयो । 

“नगरपालिकाका केही वडाहरूमा पुरानै स्वास्थ्य संस्था रहे पनि  वडा नं ४, ५, ६ र ७ गरी चारवटा वडा स्वास्थ्य संस्थाविहीन थिए”, नगरप्रमुख मन्सुरले भन्नुभयो । स्वास्थ्य संस्था नभएका वडाहरूमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेको उहाँको भनाइ छ । उहाँका अनुसार  केही नयाँ थपिएका स्वास्थ्य संस्थाहरूमा भवन निर्माणको काम अन्तिम चरण पुगेको र चाँडै नै आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रदान हुनेछ । 

नगरपालिकाका नौवटा वडा मध्य १, २, ३, ६ र ९ नं वडामा  पुरानै स्वास्थ्य संस्था रहेका थिए । प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरलाई १५ श्ययाको अस्पताल बनाउने प्रस्ताव गरिएको नगर स्वास्थ्य शाखा संयोजक बिकाउ महतोले राससलाई बताउनुभयो । नगरकै मुटु हरिपुर नगरपालिका–२ मा रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रको सुविधा सम्पन्न भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

स्वास्थ्य सेवालाई सूचना प्रविधिसँग जोड्दै नवीनतम तरिकाबाट सेवाहरू प्रदान गर्ने गरी अगाडि बढिएको नगर उपप्रमुख रेणुका काफ्लेले बताउनुभयो । उहाँका अनुसार हरिपुर नगरपालिका–३ मा फरहदवामा रहेको स्वास्थ्य चौकीलाई पनि अस्पतालका रुपमा विकास गर्ने प्रयास भइरहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरलाई अस्पतालकै रुपमा सञ्चालनमा ल्याउन भन्दै सुविधा सम्पन्न भवन निर्माण शुरु गरिएको भए पनि ठेकेदारको लापर्वाहीका कारण भवन निर्माण सुस्त गतिमा अघि बढ्दा स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको नगर स्वास्थ्य संयोजक महतोले बताउनुभयो ।  

उहाँका अनुसार हरिपुर नगरपालिकाका स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमार्फत आधारभूत स्वास्थ्य सेवाहरूअन्तर्गत बिरामी जाँच सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, खोप सेवा, सर्ने तथा नसर्ने रोगसम्बन्धी सचेतना सेवा, विद्यालय स्वास्थ्य सेवालगायत सेवा सञ्चालन भइरहेको छ ।

नगरका नौवटै वडामा रहेको स्वास्थ्य संस्थामध्ये केही स्वास्थ्य संस्थाहरूको आफ्नै भवन नभएको भए पनि अन्य सरकारी कार्यालयहरूका भवनको प्रयोग गरी सेवा दिने काम भइरहेको नगरपालिकाले जनाएको छ । आफ्नै भवन नभएका स्वास्थ्य संस्थाहरूको पनि भवन निर्माणको काम अन्तिम चरणमा पुगेका कारण चाँडै नै नगरका सबै स्वास्थ्य संस्थाले आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरिरहेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ