२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

२०७७, १९ फाल्गुन बुधबार १०:००

फागुन १९, काठमाडौँ । बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेको यहाँका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेको छ । 

विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, सङ्कटासन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आइआइमा) मा सूचीकृत कालो चिल र कालिज, काकाकुल तथा कर्रासुगा फेला परेको रेड पाण्डा नेटवर्कका भूपाल केसीले जानकारी दिनुभयो ।

कुनै ठाउँमा पनि सूचीकृत नभएको तर लोपोन्मुख लामोठुँडे चाचर पनि फेला परेको छ । जैविक विविधताले भरिपूर्ण बारेकोटमा तीन दिन लगाएर गरिएको अध्ययनबाट सो  तथ्य पत्ता लागेको हो ।  रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र डाँफे युवा क्लबको साझेदारीमा रेड पाण्डा नेटवर्कका संयोजक सरोज श्रेष्ठ, केसी, चितवन बर्ड सोसाइटीका अध्यक्ष रमेश चौधरी, शिक्षक कालीबहादुर थापा, सामुदायिक वनका वनरक्षकसहितको टोलीले वडा नं १ का कोल्ली खोला, रामीडाँडा, आग्रखोला, नीलापारा, ध्यापा टाकुर, वडा नं २ को लिम्सा जङ्गल, वडा नं ४ का मैना, जम्काखोला, कलेबारी, मारेपानी, जङ्गल तल्कोट, रतनकोट, पाखा, धाउखानीलगायत जङ्गलमा अध्ययन गरिएको थियो । 

रामीडाँडाको कोटेली खोलादेखि छेडासम्म ४० जातका चराचुरङ्गी पाइएको पक्षी संरक्षक गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो । मैनाको कलेबारी सामुदायिक वनअन्तर्गतको झम्खोलाको एक हजार ८९१ मिटरदेखि कलेबारी दुई हजार ३०९ मिटर हुँदै तलकोटसम्म अनुगमन गर्दा ३८ जातका चरा  तथा रामीडाँडाको लिम्साको देउल, दोमिल्दा हुँदै पुनः खोलासम्म १० थरिका चरा फेला परेका थिए ।  बारेकोट मात्र नभएर जाजरकोट चराको नमूना क्षेत्र नै भएको केसीले बताउनुभयो । 

विद्यालयलाई कम्प्युटर सहयोग 

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । यहाँका १३  विद्यालयमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । कम्प्युटर सञ्चालनका लागि १२  विद्यालयलाई सौर्य ऊर्जा उपकरण पनि वितरण गरिएको छ । माध्यमिकस्तरका विद्यालयमा इन्टरनेट सेवासमेत उपलब्ध गराइएको छ । 

प्राविधिकदेखि इञ्जिनियरिङ पढाइँदै 

निम्न तथा आर्थिक अवस्था कमजोर भई पढ्नबाट वञ्चित १०० विद्यार्थीलाई विद्यालयको सिफारिशका आधारमा रु १० हजार छात्रवृत्ति उपलब्ध गराएको छ । त्यस्तै प्राविधिक विषय पढ्ने १३ विद्यार्थीलाई रु ४५ हजारका दरले आर्थिक सहायता प्रदान गरिएको छ । 

गाउँपालिकाबाट इञ्जिनीयर उत्पादन गर्नका लागि चार जनालाई रु एक लाखका दरले अनुदान सहयोग गरिएको छ । त्यस्तै निजामती कर्मचारी उत्पादनका लागि ३० जनालाई रु ३० हजारका दरले अनुदान उपलब्ध गराएर लोकसेवा आयोगको परीक्षाको तयारीमा पठाइएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । गाउँपालिकाभित्रबाट सवारी चालक बन्न चाहेका तर रकम नहुँदा तालीम लिनबाट वञ्चित निम्न वर्गका १३ युवालाई रु ३४ हजारका दरले रकम उपलब्ध गराएर तालीममा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !