१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बुङ्गलको खोल्लेकमा नगर स्तरीय खेलकुद प्रतियोगिता आयोजना

१९ फाल्गुन २०७७, बुधबार ११:५२

फागुन १९, बझाङ । बुङ्गल नगरपालिका खेकुद विकास समितिले माध्यामिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । सुदूरपश्चिमको मिनी खप्तड उपनामले चिनिने खोल्लेकमा चैत दोश्रो सातादेखि प्रतियोगिता सुरु गरिने भएको हो । 


'राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद ' भन्ने नाराका साथ् प्रतियोगिता आयोजना गरिएको समितिले जनाएको छ । वडा न ३ स्थित नवनिर्मित मैदानमा खेलहरु सम्पन्न गरिने समितिका अध्यक्ष धनशेर ओखेडाले बताए । 

समितिका अनुसार प्रतियोगितामा विभिन्न दूरीका दौड, हाइजम्प, लङ्जम्प, त्रिपलजम्प,ज्याब्लिङ थ्रो, ह्याम्वरस थ्रो, सटपुट भलिवल लगायत खेल हुने छन् भने नगरभरिका माध्यामिक तहसम्मका विद्यार्थीहरु सहभागि हुन पाउने छन् । 

कार्यक्रममा प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद राज्य मन्त्री नरेश बहादुर सिंह र विशिष्ट अतिथि नगर प्रमुख धनबहादुर बिष्ट रहने समितिका सदस्य एवम् तरुण दल बुङ्गल नगरकमिटि अध्यक्ष शेर बहादुर कुँवरले जानकारी दिए । 

उक्त प्रतियोगितामा खेलाडीहरुलाई सहभागिताको लागि समितिले आह्वान गरेको छ । निर्माण सम्पन्न गरिएको पहिलोपटक खेलकुद विकास समितिले उक्त मैदानमा खेल आयोजना गर्न लागेको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक