२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बुङ्गलको खोल्लेकमा नगर स्तरीय खेलकुद प्रतियोगिता आयोजना

२०७७, १९ फाल्गुन बुधबार ११:५२

फागुन १९, बझाङ । बुङ्गल नगरपालिका खेकुद विकास समितिले माध्यामिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । सुदूरपश्चिमको मिनी खप्तड उपनामले चिनिने खोल्लेकमा चैत दोश्रो सातादेखि प्रतियोगिता सुरु गरिने भएको हो । 


'राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद ' भन्ने नाराका साथ् प्रतियोगिता आयोजना गरिएको समितिले जनाएको छ । वडा न ३ स्थित नवनिर्मित मैदानमा खेलहरु सम्पन्न गरिने समितिका अध्यक्ष धनशेर ओखेडाले बताए । 

समितिका अनुसार प्रतियोगितामा विभिन्न दूरीका दौड, हाइजम्प, लङ्जम्प, त्रिपलजम्प,ज्याब्लिङ थ्रो, ह्याम्वरस थ्रो, सटपुट भलिवल लगायत खेल हुने छन् भने नगरभरिका माध्यामिक तहसम्मका विद्यार्थीहरु सहभागि हुन पाउने छन् । 

कार्यक्रममा प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद राज्य मन्त्री नरेश बहादुर सिंह र विशिष्ट अतिथि नगर प्रमुख धनबहादुर बिष्ट रहने समितिका सदस्य एवम् तरुण दल बुङ्गल नगरकमिटि अध्यक्ष शेर बहादुर कुँवरले जानकारी दिए । 

उक्त प्रतियोगितामा खेलाडीहरुलाई सहभागिताको लागि समितिले आह्वान गरेको छ । निर्माण सम्पन्न गरिएको पहिलोपटक खेलकुद विकास समितिले उक्त मैदानमा खेल आयोजना गर्न लागेको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ