१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ र प्युठानमा आगलागीका घटना बढ्दै

१९ फाल्गुन २०७७, बुधबार १२:४६

फागुन १९, दाङ । गर्मीयाम शुरु भएसँगै आगलागीका घटना वृद्धि भएका छन् । पछिल्लो एक सातामा दाङ र प्युठानमा आधा दर्जन आगलागीका घटना भएका छन् । यी घटनाबाट प्युठानमा एकको ज्यान गएको छ भने लाखौँको क्षति भएको छ । 

दाङमा यसै साताको आइतबार र सोमबार भएको आगलागीमा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको छ । आइतबार देउखुरीको गढवा गाउँपालिका–७ शान्तिपुरमा आगलागी हुँदा तीन घर र दुई गोठ पूणरुपले जलेका छन् । आइतबार साँझ करिब ६ः०० बजेको समयमा आगलागी हुँदा कर्णबहादुर रानाको घर र गोठ, उहाँकी आमाको घर र सोही ठाउँ निवासी मनिराम रिजालको घर तथा गोठ आगलागीबाट जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । उक्त घटनामा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका– १५ प्रगति नगरटोलमा रहेको राप्ती कपास उद्योगमा आगलागी भएको छ । विद्युत् तार सर्ट भई भएको आगलागीबाट रु २५ लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक सुकलाल रावतले जानकारी दिनुभयो । राजपुर गाउँपालिका–१ सुकौली नाकामा सोमबार मानबहादुर सुनारको एक घर एक गोठमा आगलागी हुँदा झण्डै रु दुइ लाख बराबरको क्षति भएको छ । सोमबार दिउँसो १२ः०० बजेतिर अचानक घरमा आगलागी भएको हो ।  आगलागीबाट अन्न लत्ताकपडा सबै जलेर नष्ट भएको छ । 

घोराही–१५ उपल्लो भरतपुर कटुवा खोला नजिक दिउँसो बाँसघारीमा पनि आगलागी भएको थियो । आगलागीका घटना बढेपछि जिल्ला वन कार्यालयले सजकता अपनाउन थालेको छ । यस वर्ष डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालनका लागि पर्याप्त बजेट नभए पनि भएका स्रोत सामग्रीलाई उपयोग गर्दे डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नेपाली शाहले बताउनुभयो ।

उहाँका अनुसार डढेलो नियन्त्रण उपकरण खरिदका लागि रु एक लाख ८० हजार बजेट छ । त्यस्तै प्रशिक्षणलगायतका कार्यक्रमका लागि रु सात लाख बजेट रहेको छ । हाल उपकरण खरिद गरिसकिएको छ भने प्रशिक्षण कार्यक्रम चलाउन शुरु गरिएको उहाँले बताउनुभयो । यस वर्ष पनि जिल्लाका बढी आगलागी हुने जोखिम वन क्षेत्रमा अग्निरेखा निर्माण गर्ने कार्यक्रम रहेको छ । विभिन्न स्थान गरी करिब २५ किलोमिटर वन क्षेत्रमा अग्निरेखा निर्माण गरिने भएको हो । सामुदायिक वनले आवश्यकताका आधारमा अग्निरेखा निर्माण गर्ने भएका छन् । डढेलो हुन नदिन तथा भइहालेमा तत्काल नियन्त्रणका लागि सामुदायिक वन डढेलो नियन्त्रण सञ्जाल निर्माण गर्ने, समूहलाई परिचालन गर्ने, डढेलो नियन्त्रणका लागि निर्माण गरिएको अनशक्तिलाई हाइअलर्ट अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

जिल्लामा ३७४ सामुदायिक वन समूह, छ वटा धार्मिक वन समूह तथा ३०० भन्दा बढी निजी वन समूहलाई सचेत रहन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । विगतका तथ्याङ्कका आधारमा जिल्लाका गढवा, राप्ती, राजपुर, बङ्गलाचुली, दङ्गीशरण, शान्तिनगर गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिका आगलागीको उच्च जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

वृद्धको मृत्यु 

झिमरुक– प्युठानमा घरमा आगलागी हँुदा एक वृद्धको मृत्यु भएको छ । ऐरावती गाउँपलिका–१ सल्लीकोटका आज बिहान आइतसिंह विरकट्टाको घरमा आगलागी भएको हो । आफ्नै घरमा लागेको आगलागीमा परी ८० वर्षीय विरकट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । विद्युत्को तार सर्ट भई आगलागी भएको र आगलागीबाट विरकट्टाको घर र गोठ पनि जलेको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको सूचना अधिकारी गैरेले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक