2026-09-12 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ र प्युठानमा आगलागीका घटना बढ्दै

फागुन १९, दाङ । गर्मीयाम शुरु भएसँगै आगलागीका घटना वृद्धि भएका छन् । पछिल्लो एक सातामा दाङ र प्युठानमा आधा दर्जन आगलागीका घटना भएका छन् । यी घटनाबाट प्युठानमा एकको ज्यान गएको छ भने लाखौँको क्षति भएको छ । 

दाङमा यसै साताको आइतबार र सोमबार भएको आगलागीमा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको छ । आइतबार देउखुरीको गढवा गाउँपालिका–७ शान्तिपुरमा आगलागी हुँदा तीन घर र दुई गोठ पूणरुपले जलेका छन् । आइतबार साँझ करिब ६ः०० बजेको समयमा आगलागी हुँदा कर्णबहादुर रानाको घर र गोठ, उहाँकी आमाको घर र सोही ठाउँ निवासी मनिराम रिजालको घर तथा गोठ आगलागीबाट जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । उक्त घटनामा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका– १५ प्रगति नगरटोलमा रहेको राप्ती कपास उद्योगमा आगलागी भएको छ । विद्युत् तार सर्ट भई भएको आगलागीबाट रु २५ लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक सुकलाल रावतले जानकारी दिनुभयो । राजपुर गाउँपालिका–१ सुकौली नाकामा सोमबार मानबहादुर सुनारको एक घर एक गोठमा आगलागी हुँदा झण्डै रु दुइ लाख बराबरको क्षति भएको छ । सोमबार दिउँसो १२ः०० बजेतिर अचानक घरमा आगलागी भएको हो ।  आगलागीबाट अन्न लत्ताकपडा सबै जलेर नष्ट भएको छ । 

घोराही–१५ उपल्लो भरतपुर कटुवा खोला नजिक दिउँसो बाँसघारीमा पनि आगलागी भएको थियो । आगलागीका घटना बढेपछि जिल्ला वन कार्यालयले सजकता अपनाउन थालेको छ । यस वर्ष डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालनका लागि पर्याप्त बजेट नभए पनि भएका स्रोत सामग्रीलाई उपयोग गर्दे डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नेपाली शाहले बताउनुभयो ।

उहाँका अनुसार डढेलो नियन्त्रण उपकरण खरिदका लागि रु एक लाख ८० हजार बजेट छ । त्यस्तै प्रशिक्षणलगायतका कार्यक्रमका लागि रु सात लाख बजेट रहेको छ । हाल उपकरण खरिद गरिसकिएको छ भने प्रशिक्षण कार्यक्रम चलाउन शुरु गरिएको उहाँले बताउनुभयो । यस वर्ष पनि जिल्लाका बढी आगलागी हुने जोखिम वन क्षेत्रमा अग्निरेखा निर्माण गर्ने कार्यक्रम रहेको छ । विभिन्न स्थान गरी करिब २५ किलोमिटर वन क्षेत्रमा अग्निरेखा निर्माण गरिने भएको हो । सामुदायिक वनले आवश्यकताका आधारमा अग्निरेखा निर्माण गर्ने भएका छन् । डढेलो हुन नदिन तथा भइहालेमा तत्काल नियन्त्रणका लागि सामुदायिक वन डढेलो नियन्त्रण सञ्जाल निर्माण गर्ने, समूहलाई परिचालन गर्ने, डढेलो नियन्त्रणका लागि निर्माण गरिएको अनशक्तिलाई हाइअलर्ट अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

जिल्लामा ३७४ सामुदायिक वन समूह, छ वटा धार्मिक वन समूह तथा ३०० भन्दा बढी निजी वन समूहलाई सचेत रहन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । विगतका तथ्याङ्कका आधारमा जिल्लाका गढवा, राप्ती, राजपुर, बङ्गलाचुली, दङ्गीशरण, शान्तिनगर गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिका आगलागीको उच्च जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

वृद्धको मृत्यु 

झिमरुक– प्युठानमा घरमा आगलागी हँुदा एक वृद्धको मृत्यु भएको छ । ऐरावती गाउँपलिका–१ सल्लीकोटका आज बिहान आइतसिंह विरकट्टाको घरमा आगलागी भएको हो । आफ्नै घरमा लागेको आगलागीमा परी ८० वर्षीय विरकट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । विद्युत्को तार सर्ट भई आगलागी भएको र आगलागीबाट विरकट्टाको घर र गोठ पनि जलेको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको सूचना अधिकारी गैरेले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा