२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

धारापानीवासी वर्षौँदेखि खोलाको पानी पिउन बाध्य

२०७७, २० फाल्गुन बिहीबार ०७:२९

फागुन २०, कंचनपुर । शुक्लाफाँटा नगरपालिका–८ धारापानीलाई थातथलो बनाएका बालाराम गौतम खानेपानीका रूपमा खोलाको पानी प्रयोग गर्दै आउनुभएको छ । झण्डै पाँच दशकअघिदेखि पुख्र्यौली घर सुर्खेतबाट बसाइँ सारेर उहाँ सो स्थानमा आउनुभएको थियो ।

खोलाको पानी प्रयोग गर्नु उहाँका लागि रहर नभएर बाध्यता हो । विसं २०२८ देखि बस्दै आएको बस्तीमा खानेपानी व्यवस्था नहुँदा गाउँका बासिन्दाले धारपानी खोलाको पानी पिउन प्रयोग गर्दै आएका छन् । 

गाउँमा बस्दै आएका २० परिवारले खाना बनाउन, घट्ट चलाउन, लुगाकपडा धुन, गाईवस्तुलाई पानी खुवाउन र पिउनका लागि खोलाको पानी नै प्रयोग गर्दै आएका छन् । दशकअघि दार्चुलाको धुलीगडाबाट घर जग्गा सबै पहिरोले लगेपछि विस्थापनमा परेको साइमले धामी परिवार आश्रयको खोजीमा धारापानी गाउँमा बसेको छ । गाउँमा बसेदेखि धामी परिवारले पनि खोलाको पानी पिउनका लागि प्रयोग गर्दै आएका छन् ।

“वर्षातमा खोलाको पानी धमिलो हुन्छ, बाध्यताले त्यही पिउनका लागि प्रयोग गर्छौँ”, उहाँले भन्नुभयो, “जेठ–वैशाख महिना खोला सुक्ने भएकाले खानेपानीको खोजी गर्दै चुरे पहाडका खोलाखोला चहार्दै हिँड्नुपर्दछ ।” गर्मीका बेला खोला सुक्ने भएकाले चार÷पाँच किलोमिटर टाढाबाट समेत पानी बोकेर ल्याउनुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो ।

“पर्यटकीय क्षेत्र बतासे झर्ना जानका लागि गाउँ भएरै सडक आएको छ । व्यापार÷व्यवसाय बढेको छ । खाने गुजारा चलेको छ”, मोहनसिंह धामीले भन्नुभयो, “एउटै अभाव खानेपानी र विद्युत्को छ । दुवै भए दुर्गममा बस्दै आएका हामीजस्तालाई सुविधा हुने थियो ।”

खानेपानी र विद्युत्का लागि स्थानीय तहदेखि प्रदेश सरकारका जनप्रतिनिधिसम्म कुरा राखे पनि सुनवाइ अझैसम्म हुन नसकेको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी खानेपानी र विद्युत् अभाव भएको चुरे क्षेत्रको धारापानी बस्तीका बासिन्दाको आवाज सुनेको बताउनुहुन्छ ।

“धारापानी गाउँका बासिन्दाले दुवै कुराको मसँग माग गरेका छन् । चालु आवभित्रै खानेपानीका पाइपको व्यवस्था गर्न प्रतिबद्ध छु”, उहाँले भन्नुभयो, “बस्तीमै पुगेर अश्वासन दिएको छु । त्यो पूरा गर्छु । आउँदो आवभित्रै बस्तीमा विद्युत्को भरपर्दो व्यवस्था हुन्छ ।”

चारैतिर नदीले घेरिएको ठाउँमा बस्दै आएका धामी परिवारलाई वर्षात्को उर्लिँदो भेलले बगाउने चिन्तासमेत छ । चुरे क्षेत्रमा पर्दै गएको मानवीय चापले विनास हुन थालेपछि संरक्षणका लागि बस्ती हटाउन दबाबसमेत आउने गरेको छ । विद्यालय र स्वास्थ्यचौकीको सेवा लिन पाँच किलोमिटरको यात्रा तय गर्दै यहाँका बासिन्दा पिताम्बर, पारिफाँटा र झलारीसम्म पुग्ने गरेका छन् ।

वर्षातमा नदीमा पानीको बहाव बढ्दा ती सेवासमेत लिन यहाँका बासिन्दा बञ्चित हुने गरेका छन् । धारापानीमा बस्ती बसेको भए पनि आधारभूत सुविधा नहुँदा विस्तारै बस्ती छाडने क्रम बढदै गएको छ । बालबालिकालाई विद्यालय पढाउनसमेत निकै सास्ती रहेको छ । वडाध्यक्ष बहादुरसिंह महरा बस्तीमा बाल विकास केन्द्र सञ्चालन गर्नका लागि पहल भइरहेको बताउनुहुन्छ । “खानेपानी र विद्युत्का लागि वडाको बजेटले धान्दैन”, उहाँले भन्नुभयो, “यसका लागि प्रदेश सरकारसँग समन्वयको कार्य गरिरहेका छौँ । केही महिनाभित्रै खानेपानीको कार्य शुरु हुन्छ । त्यसपछि विद्युत् विस्तारका लागि काम अगाडि बढाउँछौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !