२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सम्झना बोहोरा हत्या : २० दिनपछि अपराधी सार्वजनिक

२०७७, २० फाल्गुन बिहीबार १२:३९

फागुन २०, गुल्मी। रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भाडगाउँ निवासी ४७ वर्षका लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयले आज प्रहरीले सार्वजनिक गरेको हो । 

उनले गत माघ २९ गते राती आफू र सम्झनाकी सासुआमा टोमकला खत्री मिलेर उनको हत्या गरेको प्रहरीलाई प्रारम्भिक बयानको क्रममा बताएका छन् । घरबाट बेपत्ता भएको १७ दिनमा लालबहादुर खत्रीले बारीमा घाँस काट्न जाँदा केही गन्ध आएको भनेर प्रहरीमा खबर गरेका थिए । 

खोज तलासका क्रममा घर नजिकै सडेर गलेको अवस्थामा प्रहरीले सम्झनाको शव फेला पारेको थियो । शव फेला पारेकै दिन प्रहरीले हत्याको आशंकामा लालबहादुरलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । सम्झनाको हत्या भएको २० दिनपछि प्रहरीले हत्यामा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गरेको हो ।

प्रहरीले लालबहादुरको नाममा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाका बारेमा थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो । सम्झनाको हत्या के कारणले भयो र के कारणले सासुले  झुण्डिएर आत्महत्या गरिन भन्ने बारेमा थप कुरा प्रहरीले अनुसन्धानपछि पुनः सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !