४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

कटुवा पेस्तोलसहित दुई पक्राउ

२३ फाल्गुन २०७७, आईतवार ११:३६

फागुन २३, सप्तरी । राजविराज नगरपालिकाबाट आज दुई युवकलाई नलकटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दामा ११ महिना कारागारमा थुनामा रहिसकेका विष्णुपुर गाउँपालिका–७ का २० वर्षीय महेशकुमार शर्मासहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले आज पत्रकार सम्मेलन गरी जनाएको छ ।

राजविराजमा स ७ प ९६७० नम्बरको मोटरसाइकलमा घुमिरहेका चालक शर्मा र मोटरसाइकल पछाडि सवार विष्णुपुर–५ का १९ वर्षीय प्रमोद साहलाई राजविराज–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।

विशेष सूचना पाएका जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय राजविराजको टोलीले उनीहरुलाई एक थान कटुवा पेस्तोल र दुई थान गोलीसहित पक्राउ गरेको जनाइएको छ । शर्माका साथबाट २०७४ जेठ १३ गते पनि एक थान कटुवा पेस्तोल र सोमा लाग्ने तीन थान गोली फेला परेको थियो । उक्त मुद्दामा शर्मा ११ महीना कैदमा बसेको थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ