२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

२०७७, २५ फाल्गुन मंगलवार ०८:२७

फागुन २५, चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सेहरी क्षेत्रमा दुईवटा भाले गैँडा जुधेर घाइते हुँदा एउटा गैँडा मरेको जानकारी दिनुभयो । उहाँका अनुसार यही फागुन २४ गते  उक्त गैँडा मृतावस्थामा फेला परेको थियो । मृतावस्थामा भेटिएको  गैँडाको खाग र खुर सुरक्षित रहेकोसहायक संरक्षण अधिकृत समेत रहेका उहाँले बताउनुभयो ।  

चालू आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा २२ प्राकृतिक र चार चोरी शिकारीले गैँडा मरेका थिए ।  हरेक पाँच वर्षमा हुँदै आएको राष्ट्रिय गैँडा गणना यस वर्ष आगामी चैत ९ गतेदेखि हुने जनाइएको छ । गैँडा गणनाको तयारी शुरु भइसकेको छ । 

निकुञ्जमा पाटे बाघसमेत मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारीका अनुसार यही फागुन २३ गते सौराहा क्षेत्रमा पर्ने निकुञ्जको मुख्य क्षेत्र चपरचुली खहरे खोलामा करीब चार वर्षीय पाटेबाघ मृतावस्थामा भेटिएको हो । प्राकृतिक कारणबाट मरेको सो पाटेबाघको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जले जनाएको छ  ।  चालू आव २०७७÷७८ मा निकुञ्जमा मृत्यु भएको यो पहिलो पाटेबाघ हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !